कपाललाई चम्किलो र बलियो कसरी बनाउने ? अपनाउनुहोस् यी विधि !

काठमाडौ । के तपाइ आफ्नो कपाललाई चम्किले र बलियो बनाउन चाहनुहुन्छ ?साथै तपाइको कपाल नराम्रो तथा कपाल झर्ने विभिन्न समस्याहरु देखा परेको छ ।अब त्यसो भए यी कुरामा विशेष ध्यान दिनुहोस ।धेरैजसो मानिसहरु आफ्नो कपाललाइ बलियो र सुन्दर बनाउन स्याम्पू र कन्डिसनर प्रयोग गर्ने गर्दछन् ।

तर यसको उपाय पनि यहि नै हो तर यसको सही सदुपयोग गर्न नजान्दा तपाइको कपालमा यसले काम गदैन ।त्यसैले आफ्नो कपाल सुन्दर बनाउन तपाई विभिन्न ब्यूटीपालर घुमिरहनु भएको होला ।
अब हेर्नुस यसको प्रयोग विधी,

विशेषगरी कपालमा कन्डिशनरको प्रयोग गर्दा सही तरीकाले प्रयोग गर्न आवश्यक छ । खासगरी, कुनै पनि कपालमा कन्डिशनरको प्रयोग गर्दा पुरा कपालमा यसको प्रयोग गर्नुको सट्टा कपालको निश्चित भागमा लगाउनु पर्छ । र, कपालको टुप्पोलाई ध्यानमा राखेर लगाउनु पर्छ । किनकी धुलो, धूँवा, प्रदुषण तथा घामको कारण यो भाग धेरै रुखो हुने भएकोले यस भागमा पोषणको आवश्यकता धेरै पर्छ ।

त्यसैगरी हामीले कपालको जरामा कहिल्यै पनि कन्डिशनरको प्रयोग गर्नु हुँदैन । त्यसैगरी कन्डिशनरको सधै प्रयोग गर्नु पदैन तर कुनै पनि ब्राण्डको कन्डिनर प्रयोग गर्दा यसको परिणाममा भने अवश्य ध्यान दिन जरुरी छ । किनकी धेरै कन्डिशनरको प्रयोग गर्दैमा कपाल राम्रो हुँदैन । बरु उक्त कन्डिशनरलाई पखाल्नमा समय लाग्न सक्छ त्यसैले एकदमै ध्यान दिन जरुरी छ ।

त्यस्तै हेयर स्टाइलिस्टहरुको भनाईमा कपाललाई कन्डिसनर गर्दा सबैभन्दा पहिले कपालमा स्याम्पू लगाएर सुख्खा बनाएपछि मात्र त्यसमा कन्डिसनर लगाउनु पर्छ । तर कहिल्यै पनि कपालमा कन्डिसनर गर्दा चिसो कपालमा गर्नु हुँदैन । त्यसका साथै, कपालको जरामा पनि कन्डिशनर लगाउँनु हुँदैन ।

किनकी कन्डिशनरको काम जरालाई पोषण दिनु नभएर कपालको लम्बाई तथा टुप्पामा आवश्यक पोषण प्रदान गर्नु हो । त्यसैले प्रत्येक पलट कन्डिशनरको प्रयोग गर्दा सानो सिक्का बराबरको कन्डिशनरलाई हातमा लगाएर औलाको सहायताले त्यसलाई कपालको जराभन्दा एक इन्च तलबाट लगाउन सुरु गर्नु पर्छ । र कम्तीमा तीन देखि पाँच मिनेट त्यर्सै राखेर मात्र धुनुपर्छ । यसले कपाललाई पोषण प्रदान गर्नुका साथै कपाललाई राम्ररी मोइस्चराइज गरोस् ।तर यस्तो भिजेका अवस्थामा कपालमा कन्डिशनरको प्रयोग गरेर नै तपाइको कपालमा सुन्दरता नआएको हो ।त्यसैले सबै थोक भएर मात्र हुदैन ,यसको प्रयोग विधी पनि जान्नुपर्छ ।

प्रकाशित : शुक्रबार, साउन २९, २०७८१७:२६

अनुहारमा घ्यू-कुमारी यसरी लगाउनुस्, त्यसपछि आफै हेर्नुहोस् परिणाम !