अनुहारमा घ्यू-कुमारी यसरी लगाउनुस्, त्यसपछि आफै हेर्नुहोस् परिणाम !

काठमाडौ । के तपाइ आफनो अनुहारलाइ सुन्दर बनाउन चाहानुहुन्छ ?यदि त्यसो भए अब तपाइ कही जानु पदैन ,किनकी अब तपाइको अनुहार भएको विभिन्न नराम्रो कुरालाइ हटाउछ , घ्युकुमारीको प्रयोगले तर यसका लागी तपाइले विभिन्न ठाउमा धाउनु पनि पदैन ,न त धेरै पैसाको खर्च नै हुन्छ साथै तपाइको समयको बचत समेत गर्दछ ।यो प्राकृतिक औषधीले ,यो औषधी तपाइको गाउघरमा नै उपलब्ध रहेको छ ।यति मात्र तपाइले यसको महत्वलाइ नबुझेर मात्र हो ।यसलाइ यसरी प्रयोग गर्नुहोस ।

सबैभन्दा पहिला घ्युकुमारीको पातलाई सफा पानीले राम्ररी पखाल्नुहोस् त्यसपछि घ्युकुमारीको पातलाई मिचेर नरम बनाउनुहोस् । यसको लागि तपाइँले बेलनको पनि प्रयोग गर्न सक्नुहुन्छ जसले नरम बनाउनका लागी मदत गर्दछ ।

त्यसैगरी घ्युकुमारीको पातलाई नरम बनाईसकेपछि यसलाई दुई टुक्रामा काट्नुहोस् । तर यसलाई ठुलो टुक्रामा नभई आफूलाई ठिक्क हुनेगरी मात्र हेरेर काट्नुहोस्। त्यसको लागी तपाइले चक्कुको मद्धतले घ्युकुमारीको दुबै भागको किनारालाई काटनुपर्ने हुन्छ ,यसपछि दुबै किनारा खुल्ला भएपछि सजिलैसँग यसको बाहिरको भार्ग खुर्काउनसक्नुहुनेछ ।

यसपछि घ्युकुमारीको पातलाई र्खुकाइसकेपछि यसलाई हातले चिर्नुहोस् । यदि चिर्न गाह्रो भएमा चक्कुको मद्धतले बीचबाट चिरेर दुई भागमा छुटाउनुहोस् ।त्यसपछि यसको पातबाट चम्चाको सहायताले रसलाइ बाहिर निकाल्नुहोस र उक्त रसलाइ औंलाको मद्धतले रसलाई आफ्नो अनुहारमा राम्ररी दल्नुहोस् । त्यसैगरी तपाइँले रसलाई घ्युकुमारीको पातले पनि अनुहारमा दल्न सक्नुहुन्छ । त्यसपछि यस फेस मास्कलाई १५ – २० मिनेटसम्म त्यसै छोड्नुहोस् ।

त्यसपछि अन्तत १५ मिनेट फेस मास्क सुकेपछि यसलाई खुर्काएर निकाल्नुहोस् । त्यसपछि अनुहारलाई सफा पानीले धुनुहोस् । तर यसको लागि कुनै साबुन वा रासायनिक वस्तुको प्रयोग भने नगर्नुहोस् ।त्यसपछि सफा रुमालले आफ्नो मुख पुछ्नुहोस् । तपाइँको अनुहार चम्किलो र सुन्दर देखिनेछ । यस उपचारको परिणामबाट तपाइँको अनुहारमा आएको परिवर्तनलाई देखि पक्कै पनि तपाइँ आश्चर्यमा पर्नुहुनेछ ।यसपछि तपाइको जीवन नै सुन्दर र सुखमय हुनेछ ।र अनुहारको कारणले कहिल्यै धोका पाउनुपदैन ।

प्रकाशित : शुक्रबार, साउन २९, २०७८१७:४१

तौल घटाउने सबै भन्दा सजिला तीन तरिका !