यो हप्ता यी ४ राशिलाई सबै भन्दा बढी शुभ ! कुन-कुन ?

मिथुन (का कि कु घ ङ छ के को हा)

कार्यसफलताका हिसाबले यस हप्ता कर्कट राशि हुनेहरुका लागि धेरै शुभ रहेको छ। हरेक कार्य सफल हुँदा मन आनन्दित हुनेछ। लामो समय देखि अड्किएका कार्य समेत सफल हुन सक्लान्। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोजगारमा रहनेहरुका लागि पनि साता धेरै शुभ देखिन्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व पूरा गर्न सकिँदा सम्मानित भइनेछ। परिवार मात्र नभई मित्रजनबाट आशा गरे जस्तै सहयोग प्राप्त होला।

तुला (र रि रु रे रो ता ति तु ते)

साता तुला राशि हुनेहरुका लागि धेरै शुभ मान्न सकिन्छ। थोरै लगानीबाट समेत नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष लाभ उठाउन सकिएला। अरूलाई प्रभावित पारेर काम बनाउन सकिएला। राजनीतिमा हुनेहरुका लागि पनि साता धेरै शुभ मान्न सकिन्छ। खेलाडीहरुले पनि यस साता उल्लेख्य सफलता हाँसिल गर्नेछन्। बोलीको प्रभावका कारण महात्वपूर्ण कार्य सफल होलान्। स्वास्थ्यमा पनि यस साता सुधार आउन सक्ला।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

हरेक कोणबाट यस साता धनु राशि हुनेहरुका लागि लाभप्रद रहने देखिन्छ। गएका हप्तामा देखा परेका सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछन्। व्यापार-व्यवसायमा तत्काल लाभ मिल्न शुरु हुनेछ। महत्वपूर्ण कार्य सफल हुँदा समाजमा मान-सम्मान पनि बढेर जानेछ। प्रेम जीवन पनि राम्रै रहला। त्यस्तै यस साता स्वास्थ्यमा पनि सुधार हुने देखिन्छ। भौतिक साधन जुट्नाले साता उत्साहजनक रहनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउनेछ। शत्रु सहजै पराजित होलान्।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

यस साता कुम्भ राशि हुनेहरुलाई स्त्रीवर्गको सहयोगले धेरै सुखद रहने देखिन्छ। परिवारका सम्पूर्ण स्त्रीवार्गको सहयोग प्राप्त हुनेछ। लगानी अपुग भएका क्षेत्रमा लगानीको जोहो हुनेछ। शत्रु पनि मित्रमा परिणत हुन सक्लान्। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रेम सम्बन्ध बलियो भएर जानेछ। साताको अन्तिममा यात्रा पनि हुन सक्ला। विद्यार्थीहरुका लागि पनि साता धेरै राम्रो देखिन्छ।

प्रकाशित : आइतबार, साउन ३१, २०७८१८:४६

के तपाईलाई आर्थिक संकटले छोडेन आज मंगलबार गणेशजीको पूजा गर्दा जप्नुहोस् यी ११ मन्त्र।