काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले देशमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको खोजी हुन थालेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले वर्तमान सरकारको आलोचना गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको खोजी हुन थालेको पनि बताएका हुन्।
नेता बस्नेतले जनताले वी मिस केपी ओली भनिरहेको बताए। ओलीले आफ्नो कार्यकालमा जनताको पक्षमा काम गरेको बस्नेतले सम्झिए। अफगानिस्तानमा रहेका नेपालीलाई फिर्ता नल्याएको, दार्चुला घटनामा प्रतिवेदन पेश नगरेको, सरकार विस्तार गर्न नसकेको लगायतका विश्य्य उठाए।
“जनताले वी मिस केपी ओली भनिरहेका छन् । काम गरिरहेका प्रधानमन्त्रीलाई हटाउने, राजदूतलाई हटाउने, परराष्ट्रमन्त्री नियुक्त गर्न नसक्नेफेरि आन्दोलन गर्नुपर्ने हो ? केपी ओलीकै सरकार ल्याउनुपर्ने हो ?”,बस्नेतले भने।
प्रतिनिधिसभाको बैठकमा बस्नेतले निम्न प्रश्न गरे –
सरकार काहाँ छ ?
१) अफ्गानिस्थानमा भैरहेको द्वन्दको कारण अलपत्र परेका १५ हजार जनतालाई किन उद्धार गर्न ढिलाइ ?
२) के अनलाइन फर्म खोलेर आयोग बनाएर सरकार पन्छिन मिल्छ ?
३) तुइन काटेर महाकाली नदिमा डुवेका जय सिं धामीको न्यायको लागि बनेको छानविन आयोगले के गर्दैछ?
४) बेलायतमा नेपाली गोर्खा सैनिकहरुले अाफ्नो बिबिध माग गर्दै आमरण अनसन बसेको बिषयमा सरकार किन मोन छ?
५) चाहे बुहानमा नेपाली अलपत्र हुँदा होस या ०७३ सालमा अफगानिस्थानमा सुसाइड बम बिस्पोटमा परेर ज्यान गुमाएका १२ जना नेपालीहरुको शब र अन्य ५४ जनालाई चार्टर फ्लाइट बाट उद्धार गर्न के पी ओलि र कमल थापाले गरेको काम बाट सिक्ने कि?
६) काम गरिरहेका राज्दुत हटाउने १ महिना सम्म मन्त्री नबनाउने सरकार नबनाउने लाचार प्रधानमन्त्री भन्न थाले जनता।
७) के अब फेरी आन्दोलन गर्नु पर्ने हो या के पी सरकार आउनु पर्ने हो?