कोरोना विरुद्धको खोप कोभिशील्डको नक्कली खोप भेटियो: डब्ल्यूएचओ

भारतको कोरोना विरुद्धको प्रमुख खोप कोभिशील्डको नक्कली संस्करण फेला परेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। जुलाई र अगस्ट महिनाको बीचमा भारत र अफ्रिकामा नक्कली खोपहरु डब्ल्यूएचओका अधिकारीहरुले बरामद गरेका हुन्।

कोभिशील्ड खोपको निर्माता समेत रहेको सेरमले पनि ती खोपहरू नक्कली भएको पुष्टि गरेको डब्ल्यूएचओले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ। यस्ता घटनाका कारण विश्व जनस्वास्थ्य नै ग-म्भीर जोखिममा पर्ने डब्ल्यूएचओको चेतावनी रहेको छ। भारत सरकारले यस घटना बारे अहिलेसम्म कुनै प्रकारको प्रतिक्रिया नदिए पनि स्वास्थ्य मन्त्रालयले यसको अनुसन्धान सुरु गरेको बताइएको छ।

एक स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै मिन्टले लेखेको छ,”हामीसँग यस्ता घटना रोक्नका लागि प्रभावशाली संयन्त्र भएता पनि यस्तो घटनापछि हाम्रो चाहना भनेको कुनै पनि भारतीय नागरिकले नक्कली खोप नपाउन् भन्ने हो।” कोभिशील्ड भारतमा उत्पादन हुने अक्स्फर्ड-आस्ट्राजेनेका खोप हो।

खोप निर्माता सेरमले नेपालसहित एशिया, अफ्रिका र दक्षिण अमेरिकाका देशहरूमा कोभ्याक्स वा सरकारसँगको सम्झौता अन्तर्गत यो खोप निर्यात गरेको थियो। उक्त खोपको नेपालले खरिद गरेको २० लाख मात्रामध्ये १० लाख मात्रा सेरमबाट पाउन बाँकी छ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१५:४६

नयाँ ट्वीस्ट: डोरमणिले दिए राजीनामा, नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य !