काठमाडौँ – बागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेलले राजीनामा दिएका छन्। मुख्यमन्त्री समेत रहेका पौडेलले बुधबार संसदीय दलको नेताबाट राजीनामा दिएका हुन्।
नेकपा एमाले भित्रको विवाद उत्कर्षमा पुगेका बेला डोरमणि पौडेलले एक्कासी राजीनामा दिएका हुन्। पौडेलको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्।
हेटौंडामा जारी बैठकमा पौडेलले नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेता चयन गरिएको बताइएको छ। एमाले उच्च श्रोतका अनुसार शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छन्।
यस अगाडी शाक्यलाई मुख्यमन्त्री बनाउन तयार नभएका ओलीले एक्कासी आफ्नो हठ त्यागेपछि एमाले विवादमा नयाँ ट्वीस्ट आएको छ।