एजेन्सी – प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकाल्यो। लिड्स युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडले ५-१ को सानदार जित हात पारेको थियो।
उक्त खेलमा पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसले ह्याट्रिक गरेका गरेका थिए। त्यस्तै फ्रान्सेली मिडफिल्डर पल पोग्बाले चार असिस्ट दिएका थिए। युनाइटेडले सानदार सुरुवात गर्दा फर्नान्डेसको जति महत्वपूर्ण भूमिका रह्यो त्यति नै पोग्बाको पनि रह्यो। पोग्बाकै कारण ब्रुनो फर्नान्डेसले उक्त खेलमा ह्याट्रिक गर्न सफल भएका थिए। ब्रुनो फर्नान्डेसले गरेका तीनै गोल पोग्बाको असिस्ट थिए।
लिड्स विरुद्धको खेलमा ह्याट्रिक गरेका उनै ब्रुनो फर्नान्डेस पोग्बा ४ असिस्ट मात्र नभई ५-६ असिस्ट सम्म गर्न सक्ने बताउँछन्। खेल पश्चात म्यानचेस्टर युनाइटेडको वेबसाइटलाई अन्तर्वार्ता दिनेक्रममा फर्नान्डेसले पोग्बा ५-६ असिस्ट सम्म गर्न सक्ने बताए।
पोग्बा धेरै उच्च श्रेणीको खेलाडी रहेको उनको भनाई छ। पोग्बाको प्रशंसामा समय खर्च गरेका पोग्बाको उपस्थितिले क्लबले बलियो प्रदर्शन गर्न सक्ने ब्रुनो फर्नान्डेसले बताए
“पल एकै खेलमा ५-६ असिस्ट सम्म गर्न सक्छन् भन्ने मलाई लाग्छ।”,ब्रुनो फर्नान्डेसले भने,”पल एक गुणस्तरीय खेलाडी हुन्। हामी सबैलाई उनी माथि भरोसा छ, हामीलाई उनको सबै गुण थाहा छ।”
अन्योलमा पोग्बाको भविष्य
आउने वर्ष म्यानचेस्टर र पोग्बा बीचको सम्झौता सकिँदैछ। तर पोग्बाले सम्झौता थप्ने चाहना राखेका छैनन्। विभिन्ना अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार उनी आउने सिजन म्यानचेस्टर युनाइटेड छाड्ने पक्षमा छन्। पोग्बा माथि रियल म्याड्रिड र पिएसजी जस्ता क्लबको नजर छ।