जनै पूर्णिमा अर्थात रक्षा बन्धनको दिन झन्डै ५०० वर्षपछि बन्दै यस्तो महासंयोग, मिल्नेछ यस्ता अद्भुत लाभ !

हिन्दुहरुको महान पर्व पुर्णिमा, जनै पूर्णिमा तथा रक्षा बन्धन यस वर्ष अगस्ट महिनाको २२ तारिक अर्थात भदौ ६ को दिन परेको छ। यो पर्व साउन नक्षत्रमा मनाईन्छ। यस पटक यो साउन पूर्णिमामा धनिष्ट नक्षेत्रको साथमा मनाइने भएको छ । यस पटक परेको सोभन योगको कारण यस वर्षको जनै पूर्णिमा विशेष हुने भएको छ । ज्योतिषका अनुसार यस वर्ष सयौं वर्षपछि यस दिन एक महान संयोग बन्ने भएको छ ।

ज्योतिषीहरुका अनुसार जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व राजयोगमा आउने गर्दछ । यस पटकको रक्षा बन्धनमा भद्राको साया नहुने भएको छ । जसको कारण दिदी बहिनीहरु दिनभर आफ्नो दाजु भाइलाई राखी बाध्न सक्नेछन्। यस समयमा बृहस्पतिको चाल कुम्भ राशिमा प्रतिगामी हुनेछ र यसको साथमा चन्द्रमा पनि त्यहाँ उपस्थित हुनेछ।

बृहस्पति र चन्द्रमाको यो संयोगले रक्षा बन्धनको दिन गज कसरी योग बन्नेछ । गज केसरी योगबाट व्यक्तिको मनोकामना पूरा हुन्छ। यसको प्रभावबाट व्यक्तिमा धन, सम्पत्ति, घर, वाहन जस्ता सुख प्राप्त हुन्छ। गज केसरी योगले समाजमा सुख र सम्मान प्राप्त हुन्छ ।

गज केसरी योगबाट कसलाई लाभ मिल्दैन

जब कुण्डलीमा बृहस्पति र चन्द्रमा केन्द्रमा बसेर एक अर्कातर्फ फर्किएर बस्छन् तब यस्तो अवस्थामा बनेको योगले मानिसहरुलाई भाग्यमानी बनाउँछ । र यदि बृहस्पति वा चन्द्रमा मध्य कुनै एक ग्रह कुण्डलीमा कमजोर छ भने यस्तो अवस्थामा व्यक्तिले लाभ प्राप्त गर्न सक्दैन ।

यस बाहेक रक्षा बन्धनको दिन सुर्य, मंगल र बुध ग्रह सिंह राशिमा एक साथ बस्नेछन्। सूर्य ग्रह सिंह राशिको स्वामी हो। यस दिन सिंह राशिको मित्र मंगल पनि उनकै साथमा रहने छन् । ग्रहहरुको यस्तो योग धेरै शुभ र फलदायी हुनेछ।

ज्योतिषका अनुसार यस वर्षको रक्षा बन्धनमा ४७४ वर्षपछि यस्तो दुर्लभ योग बन्न लागेको हो । यस भन्दा पहिले ११ अगस्ट १५४७ मा ग्रहहरुको यस्तो स्थिति बनेको थियो ।

त्यस समयमा शुक्र बुधको स्वामित्व रहेको राशि मिथुनमा बिराजमान भएका थिए । ज्योतिषका अनुसार रक्षा बन्धनमा यस्तो संयोग भाई र बहिनीको लागि अत्यन्त लाभदायक र फलदाही हुनेछ।

यस वर्ष रक्षा बन्धनको लागि १३ घण्टा १३ मिनेटको शुभ अवधि रहेको छ । तपाईहरु यस दिन बिहना ५:५० देखि बेलुका ६:०३ सम्म कुनै पनि समयमा रक्षा बन्धन मनाउन सक्नु हुनेछ।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८११:५२

यदि जीवनमा सफल हुन् चाहनुहुन्छ भने सुत्नुअघि यी १० काम जरुर गर्नुहोला