बार्सिलोना मै बसेर इतिहास रच्ने ग्रिज्मनको चाहना !

एजेन्सी – एन्टोइन ग्रिजमनले बार्सिलोनाबाट आफू अर्को सय खेल पूरा गर्ने योजनामा रहेको बताएका छन् । गत साता बार्सिलोनाबाट सय खेल पूरा गरेपछि ग्रिजमनले यस्तो बताएका हुन् ।

रियल सोसिडाडविरुद्ध खेल्दै सिजनको सुरुवात गरेको बार्सिलोनाका लागि ग्रिजमनको त्यो एक सयौं खेल थियो । केहि साता अघि सम्म पनि उनले बार्सिलोना छाड्ने चर्चा थियो । तर अब भने फ्रान्सेली स्टारले लामो समय क्याम्प नोउमा बस्न चाहेको बताएका छन् ।

“सय खेल पूरा गरेकोमा मलाई गर्व छ । आशा छ म अर्को सय खेल पनि खेल्ने छु र टोलीको इतिहास निर्माणका लागि सक्ने सबै गर्नेछु”, उनले भने, “म मैदान बाहिर र भित्र दुवै ठाँउबाट क्लबलाई मद्दत गर्न चाहान्छु । आक्रमण र रक्षापक्तिमा सहयोग गर्नुका साथै बार्सिलोनामा रमाउन चाहन्छु ।”

ग्रिजमनले बार्सिलोनाका लागि ला लिगाका ७८, च्याम्पियन्स लिगका १६, कोपा डेल रेका ९ र स्पेनिस सुपर कपका ३ खेल खेलेका छन् । सन् २०१९ मा एट्लेटिको म्याड्रिडबाट बार्सिलोनामा आबद्ध भएका ग्रिजमनले सय खेलमा उनले ३५ गोल गरेका छन् । बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने फ्रान्सेली खेलाडी थिएरी हेनरीको कीर्तिमानलाई बराबरी गर्न ग्रिजमन १४ गोलले टाढा छन् ।

बार्सिलोना आर्थिक रुपमा कमजोर अवस्थामा छ । सिजनको सुरुवातमा बार्सिलोनाले उनलाई विक्री गर्न चाहेको थियो । बार्सिलोनामा उनी सर्वाधिक पारिश्रमिक लिने खेलाडी मध्ये पर्दछन् । ग्रिजमन जस्तो खेलाडीलाई राख्न कठिन हुने क्लबका अध्यक्ष जोन लार्पोटाले गत महिना बताएका थिए ।

ग्रिजमनका लागि टोलीले सोचे जस्तो प्रस्ताव पाउन सकेन । उनलाई विक्री गर्ने विषयमा भने क्लब खुला रहेको बताइको थियो । तर अब सरुवा बजार बन्द हुन दुई साता मात्र बाँकी रहेकोले कम्तीमा अहिले ग्रिजमनको विक्रीको सम्भवना देखिएको छैन ।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१२:४१

मेस्सी भन्दा उत्कृष्ट देखिन रोनाल्डोले फेक फलोअर्स खरिद गर्ने गरेको दाबी, के हो सत्यता ?