एजेन्सी – ज्योतिष विज्ञानका अनुसार बुध बुद्धि, तर्क, संवाद, गणित, चतुरता र मित्रताको कारक ग्रह हो। सूर्य र शुक्र, बुधका मित्र ग्रह हुन् भने चन्द्र र मंगल यसका शत्रु ग्रह हुन्।
मिथुन र कन्या राशिको स्वामी रहेको बुधले अगस्ट महिनामा दोस्रो पटक राशि परिवर्तन गर्दैछ। केहि हप्ता अगाडी मात्र राशि परिवर्तन गरेको बुधले अगस्ट २६ मा राशि परिवर्तन गर्न लागेको हो।
अगस्ट २६ बिहान ११ बजेर २४ मिनेट पछि बुध ग्रह कन्या राशिमा प्रवेश गर्नेछ। हाल कन्या राशिमा शुक्र ग्रह छ। बुध र शुक्र ग्रहको भेट हुँदा विभिन्न राशिको भाग्यमा परिवर्तन हुनेछ। ज्योतिषीहरुका अनुसार बुधको राशि परिवर्तनले निम्न ४ राशिलाई सबै भन्दा बढी लाभ पुर्याउने छ।
सिंह राशि
बुधको राशि परिवर्तनले सिंह राशि हुनेहरुको जीवनमा धेरै सकारात्मक परिवर्तनहरु हुनेछन्। बुध र शुक्रको मिलनले आर्थिक लाभ बढ्नेछन्। घाटामा रहेका व्यवसायहरुमा उछाल देखिनेछ। शेयर बजारमा गरिएका लगानीले पनि फाइदा पुर्याउने देखिन्छ। बुध ग्रहको राशि परिवर्तन विद्यार्थीहरुका लागि पनि लाभप्रद रहनेछ।
कन्या राशि
बुधको राशि परिवर्तन सबै भन्दा बढी कन्या राशिका लागे लाभप्रद रहनेछ। हरेक क्षेत्रमा सफलता मिल्दा नयाँ क्षेत्रमा लगानी गर्ने अवसर पनि जुर्नेछ। धेरै समय देखि रोकिएका कार्य सुचारु हुनेछन्। प्रेम जीवनमा पनि बुधको सकारात्मक प्रभाव पर्ने देखिन्छ। सहि निर्णय गर्न सकेको खण्डमा भविष्यमा समेत लाभ दिने काम हात लाग्नेछ। रोजगारको क्षेत्रमा पनि बुधको राम्रो प्रभाव रहन सक्ला।
तुला राशि
बुध ग्रहको गोचरको प्रभाव विभिन्न क्षेत्रमा पर्नेछ। एक्कासी आम्दानीमा वृद्धि हुनेछ। आम्दानीका नयाँ-नयाँ श्रोत फेला पर्नेछन्। फसेका धन उठ्नेछन्। कानुनी रुपमा रहेका समस्या देखि पनि छुटकारा मिल्न सक्ला। व्यवसायिक यात्राले धेरै लाभ दिलाउनेछ। दाम्पत्य जीवन पनि सुखद नै रहला। घर-जग्गा सम्बन्धि कारोबारले लाभ दिलाउनेछ भने गर-गहना जोड्ने अवसर समेत जुर्नेछ।
वृश्चिक राशि
बुधको राशि परिवर्तन सँगै एकाएक भाग्यमा परिवर्तन आउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। रोजगारमा कामको राम्रै मूल्यांकन हुँदा पदोन्नतीको सम्भावना बढ्नेछ। परिश्रमको फल प्राप्त हुनुका साथै फाइदाको स्रोत पहिचान गर्न सकिनेछ। बुधको राशि परिवर्तनले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्नेछ। सामाजिक रुपमा मान-सम्मान प्राप्त गराउन बुधको भूमिका रहला।