बुधको राशि परिवर्तन: यी ४ राशिको चम्किनेछ भाग्य, मिल्नेछ लाभ नै लाभ !

ज्योतिष विज्ञानमा बुध ग्रहलाई बुद्धि, तर्क, संवाद, गणित, चतुरता र मित्रको कारक मानिन्छ। सूर्य र शुक्र बुधका साथी हुन् जबकि चन्द्रमा र मंगल यसको शत्रु ग्रह हुन्। बुध मिथुन र कन्या राशिको स्वामी ग्रह हो। बुध ग्रह कन्या राशीमा उच्च मानिन्छ र मीन राशिमा दुर्बल मानिन्छ। बुध २६ अगस्ट २०२१ मा बिहान ११:०८ मा कन्या राशिमा गोचर हुनेछ। यस राशिमा पहिले नै शुक्र ग्रह उपस्थित छ। कन्या राशिमा यो बुधबार २२ सेप्टेम्बर २०२१ मा ७ :५२ मिनेटसम्म रहनेछ। यस पछि यो तुलामा प्रवेश गर्नेछ। बुधको राशि परिवर्तनले कन्या राशि हुने व्यक्तिमा राम्रो परिणाम प्राप्त हुनेछ। यसका साथै यो ग्रहको अन्य ३ राशिमा पनि शुभ प्रभाव पर्नेछ। थाहा पाउनुहोस् कुन राशिको चम्किनेछ भाग्य !

सिंह राशि

बुद्धको राशि परिवरतनले सिंह राशि हुने व्य्करीमा राम्रो परिनाम मिल्नेछ। पेसा-व्यवसायमा लाभ प्राप्त होला। यस अवधिमा आर्थिक लाभ हुनुको साथै आम्दानी पनि बढ्नेछ। तपाईको विचारले अन्य व्यक्तिमा सकारात्मक प्रभाव पर्नेछ। तपाईलाई लगानी गर्दा फाईदा हुनेछ।

कन्या

बुध ग्रहको राशि परिवर्तनले तपाईको भाग्य बदलिनेछ। तपाई आफ्नो तार्किक र बौद्धिक शक्तिबाट हरेक परिस्थितिलाई अनुकुल बनाउन सफल रहनुहुन्छ। तपाई निकै प्रभावशाली तरिकाबाट आफ्नो पक्ष अरुको अगाडी राख्न सक्नुहुन्छ।अध्ययन , लेखन वा मीडिया क्षेत्र सम्बधित व्यक्तिको लागि यो समय वरदान भन्दा कम छैन।

तुला राशि

बुधको राशि परिवर्तनले विभिन्न क्षेत्रहरुमा लाभ प्राप्त गर्नुहुनेछ। तपाईको आय बढ्नेछ। धेरै स्रोतहरु आय प्राप्त हुनेछ। रोकिएको पैसा प्राप्त गर्न सक्नुहुन्छ। भाग्यले साथ दिनेछ। पेसाबाट निकै फाईदा प्राप्त हुनेछ।

वृश्चिक राशि

बुध ग्रहको राशि परिवर्तनले तपाईको भाग्य परिवर्तन हुनसक्छ। तपाईको कार्यक्षेत्रमा छुट्टै पहिचान रहनेछ। धन सम्बन्धि समस्या हल हुनेछ। आर्थिक लगानीबाट फाईदा होला। व्यापार व्यवसायबाट लाभ हुनेछ।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१९:११

सपनामा यस्ता ५ सेता जीव देख्नु मानिन्छ अत्यन्त शुभ, भाग्य खुल्नेछ !