अझै युभेन्टस छाड्ने प्रयास गर्दै रोनाल्डो, सिटीसँग वार्ता गर्ने !

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोका एजेन्टले यो हप्ता प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका अधिकारीसँग भेट गर्ने एक रिपोर्टले जनाएको छ। युभेन्टससँगको सम्झौताको अन्तिम १० महिनामा प्रवेश गरेका रोनाल्डोको ट्रान्सफर बारे चर्चा गर्न एजेन्ट जोर्जे मेन्डेस सिटीका अधिकारी बीच भेट हुने बताइएको छ।

५ पटकका ब्यालुन डी ओर विजेताको नाम ट्रान्सफर विन्डो सुरु भएदेखि नै विभिन्न क्लबसँग जोडिदै अ आएको छ। पीएसजी, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड जस्ता क्लबसँग लगातार नाम जोडिदै आएको रोनाल्डोले मंगलबार आफैले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्नो नाम अनावश्यक रूपमा कुनै क्लबसँग नजोड्न आग्रह गरेका थिए। पोस्ट गर्दै उनले आफ्नो नाम प्रयोग गरेर अनावश्यक हल्ला फैलाएको भन्दै सञ्चार माध्यमको आलोचना गरेका थिए। यस्तो कामले एक खेलाडीको अपमान समेत भएको उनले बताएका थिए।

त्यसअघि मात्र इटालियन पत्रिका कोरिएरे डेल्लो स्पोर्टको एक रिपोर्टका अनुसार रोनाल्डोका एजेन्ट मेन्डेसले सिटीलाई निकै सस्तो भाउमा रोनाल्डो अनुबन्ध गर्न अफर दिएका थिए। बिहीबार मात्र सोहि पत्रिकाले मेन्डेसले अझै हार नमानेको र रोनाल्डोको ट्रान्सफर बारे सिटीसँग वार्ता गर्ने बताएको छ।

म्यानचेस्टर सिटीको प्रमुख लक्ष्य ह्यारी केन रहे पनि केनलाई अनुबन्ध गर्न निकै कठिन हुँदै गर्दा सिटीलाई एक स्ट्राइकरको खाँचो रहेको छ। जसको कारण पनि मेन्डेसले क्लबलाई लगातार रोनाल्डो अफर गरिरहेका छन्। ३६ वर्षको उमेरमा पनि आफ्नो खेल खस्कन नदिएका रोनाल्डोलाई सिटीले क्लबमा अनुबन्ध गर्ला त ?

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८११:४९

बार्सा फरवार्ड ब्राथवेटले अब खेल्दैनन् साना क्लबबाट, बार्सिलोना छाडे पनि ठूला-ठूला क्लबबाट मात्र खेल्ने !