कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको मूल्य बढ्यो ! कति ?

काठमाडौँ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको मूल्य बढेको छ। भदौ तीन गते अथवा बिहिबार केहि घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ७ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

यस अगाडी छापावाला सुन मंगलबार ९१ हजार, बुधबार ९१ हजार २ सय र बिहिबार ९० हजार ८ सय रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुन मंगलबार ९० हजार ५ सय, बुधबार ९० हजार ७ सय र बिहिबार ९० हजार ३ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य कति ?

आज सुनको मूल्य मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १५ ले बढेर ११ सय ९५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१२:०१

सप्तकोशी नदीमा ६ जनाद्वारा आ-त्मह-त्या प्रयास!