साथीको बिहेमा गएका यी व्यक्तिले गरे यस्तो काम , बनाए अचम्मको बिश्व कीर्तिमानी !

ब्रिटेनका  मैट एवरर्ड नाम गरेका ४६ बर्षिय एक ब्यापारी हाल सामाजिक संजालमा  भाइरल भईरहेका छन। उनले सबैभन्दा छिटो रिक्सा चलाएर बिश्व कीर्तिमानी राखेका हुन्। मैटले ११९ प्रतिघन्टाको गतिमा अटो रिक्सा चलाएर गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका हुन्।

PunjabKesari

उनले यस कीर्तिमानीको लागि पहिले ११० प्रतिघन्टाको गतिमा रिक्सा चलाउने लक्ष्य तय गरेका थिए। उनले आफ्ना काकाका छोरा रसेल शेरमनका साथमा ‘नर्थ यार्कशयरस्थित एल्विंग्टन एयरफील्ड मा रिक्सा दौडाएका हुन्। बिश्व रेकर्डमा आफ्नो नाम लेखाएपश्चात मेटले आफु अन्तरिक्षमा पुगे जस्तो अनुभव भएको बताएका छन। उनले यस अटो रिक्सा ईबेबाट किनेर ल्याएका हुन्।

PunjabKesari

यस रिक्सामा उनले करिब १८ लाख भन्दा बढीको खर्च गरि १३०० सिसिको शक्तिशाली इन्जिन जडान गरेका छन। मिडिया  रिपोर्टका अनुसार एडवर्ड आफ्नो साथीको विवाहको लागि थाईल्याण्ड आएको बेलामा ब्याङ्ककका आसपासमा  रिक्सा दौडिरहेको देखि यस सम्बन्धी नया रेकर्ड बनाउने बारेमा सोचेका थिए। ‘यसमा घुम्न मलाई अति नै आनन्द लाग्छ किनकि यो अरु सवारी साधन भन्दा बिल्कुलै फरक छ’  मेटले भने।

प्रकाशित : बिहिबार, जेठ ०२, २०७६०६:०१

पोल्याण्डमा एक महिलाले दिईन एकसाथ ६ बच्चाको जन्म !