करीनाले क्याटरिनालाई मानेकी थिइन् बुहारी, अन्तर्वार्तामै यसो भन्दा उडेको थियो रणबीरको होश !

एजेन्सी – बलिउड अभिनेता रणबीर कपूर र क्याटरिना कैफ बीचको प्रेम सम्बन्ध बारे धेरैलाई थाहा छ। केहि वर्ष अगाडी रणबीर र क्याटरिना गहिरो प्रेम सम्बन्धमा थिए। विभिन्न चलचित्रमा सँगै काम गरेका दुई बीचको सम्बन्ध बलिउडमा चर्चाको विषय बन्ने गरेको थियो।

रणबीर र क्याटरिना बीच विवाह समेत हुने धेरैले अनुमान गरेका थिए। बलिउडकी चर्चित नायिकाको सूचीमा पर्ने करीना कपूरले त क्याटरिनालाई बुहारी समेत मानिसकेकी थिइन्।

एक अन्तर्वार्ताका क्रममा करीनाले क्याटरिनालाई बुहारी भनेकी थिइन्। खासमा, रणबीर र करीना करण जोहरको ‘कफी विद करण’ कार्यक्रमको अन्तर्वार्ताका लागि पुगेका थिए। त्यसक्रममा करणले सबै भन्दा बढी कुन नायिकासँग रोमान्टिक हुन सहज लाग्छ भनेर सोचेका थिए। त्यतिकैमा करीनाले एक्कासी दिएको जवाफले रणबीर पनि चकित परेका थिए।

“भाभी कटरीना”,भन्दै करीनाले जवाफ दिएकी थिइन्। करीनाको जवाफ सुनेर रणबीर रातो-पिरो भएका थिए। करीनाको उक्त अन्तर्वार्ता पछि क्याटरिना र रणबीर बीचको सम्बन्धले झनै चर्चा पाएको थियो।

करीनाले अन्तर्वार्तामै ‘भाभी कटरीना’ भनेपछि धेरै=ले रणबीर र क्याटरिना बीच विवाह हुने अनुमान गरेका थिए। तर त्यस्तो भएन। विभिन्न कारणले गर्दा दुई छुट्टिए।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१३:०६

मोदी छापिएको कपडा देखि भूतको अवतार सम्म, राखीका यी अजिव अवतार जो भाइरल भए !