ओडेगार्ड बिक्रीबाट रियलले यति धेरै कमायो, ‘मिसन एम्बाप्पे’लाई ठूलो राहत !

एजेन्सी – नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड इंग्लिस प्रिमियर लिग क्लब आर्सनलमा अनुबन्धित भएका छन्। गत सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा आर्सनल पुगेका ओडेगार्ड स्थायी रुपमा आर्सनलमै अनुबन्धित भएका हुन्।

आर्सनलले ओडेगार्डलाई ३० मिलियन पाउण्ड आसपासको रकममा अनुबन्धित गरेको खेल संचार माध्यमहरुले जनाएका छन्। ओडेगार्ड स्थायी रुपमा आर्सनलमा आवद्ध भएको आर्सनलले आधिकारी पुष्टि गरिसकेको छ। आर्सनलको आधिकारी वेबसाइटले ओडेगार्डको सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ।

“गत सिजनको दोस्रो सत्रमा आर्सनलमा लोनमा आवद्ध भएका नर्वेजियनले पुनः सामेल भएका छन्।”, आर्सनलको आधिकारी वेबसाइटले भनेको छ। गत सिजन आर्सनलको लागि ओडेगार्डले २० खेल खेलेको र टोटेनहम हटस्पर विरुद्ध निर्णायक गोल गरेको पनि आफ्नो विज्ञप्तिमा स्मरण गरेको छ। रियल म्याड्रिडको पहिलो टोलीमा खासै मौका नपाएका ओडेगार्ड गत सिजन लोनमा आर्सनल पुगेका थिए।

एम्बाप्पे किन्न आर्थिक रुपमा तयार हुँदै रियल

फ्रेन्च स्टार किलियन एम्बाप्पे किन्न प्रयास गरिरहेको रियल म्याड्रिडका लागि ओडेगार्डको ट्रान्सफरले लाभ पुर्याउने भएको छ। ओडेगार्ड बिक्रीबाट प्राप्त ३० मिलियन पाउण्ड एम्बाप्पे ट्रान्सफर योजनामा समाहित हुने ट्रान्सफर जानकारहरु बताउँछन्। एम्बाप्पेका लागि रियलले १ सय ५० मिलियन युरो सम्म खर्च गर्ने तयारी गरिरहेको छ।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१४:२९

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो ! शीर्ष स्थानमा कुन देश ?