मोदी छापिएको कपडा देखि भूतको अवतार सम्म, राखीका यी अजिव अवतार जो भाइरल भए !

एजेन्सी – बलिउडकी ‘आइटम गर्ल’ राखी सावंत विचित्रका हर्कतहरुका लागि चर्चित छिन्। कन्ट्रोभर्सी र राखी सावंतको एक-अर्काका पर्याय जस्तै बनेका छन्। समय-समयमा राखी विश्वासै नलाग्ने हर्कतहरु गरिरहन्छिन्, जसकारण उनी लगातार मिडियामा छाइरहन्छिन्। चर्चामा आउन राखी अजिव कपडाहरुमा पनि देखिने गरेकी छन्।

पछिल्लो पटक राखी स्पाइडरम्यान कस्ट्युममा देखा परेकी छन्। केहि दिन अगाडी मात्रै राखी बिग बोस ओटीटी हाउसमा अघोषित इन्ट्री मार्दा राखी स्पाइडरम्यान कस्ट्युममा देखापरेकी हुन्। सामाजिक संजालमा राखीको स्पाइडरम्यान कस्ट्युम चर्चामा छ। अजिव लाग्ने कपडामा राखी देखा परेको यो पहिलो पटक होइन।

यस अगाडी भारतमा कोरोनाको दोस्रो लहर चलिरहेका बेला राखी पिपिइमा देखा परेकी थिइन्। त्यसबेला उनी पटक पटक पिपिइमा देखा पर्ने गरेकी थिइन्। मुम्बईका सडकमा राखी धेरै पटक पिपिइ लगाएर हिडिरहेको देखिएको थियो।

राखीको हर्कत त्यतिमा सिमित छैन। भारतमा निर्वाचन हुँदा राखीले नरेन्द्र मोदीलाई समर्थन गर्न भन्दै अजिव कपडा लगाएकी थिइन्। उनले लगाएका कपडामा नरेन्द्र मोदीका तस्विरहरु थिए। भड्किलो कपडामा नरेन्द्र मोदीको तस्विर छपाएको भन्दै प्रहरीमा उजुरी समेत परेको थियो।

त्यस्तै सन् २०१८ इन्डियन टेलिभिजन एकेडेमी अवार्डका क्रममा पनि राखीले लगाएको कपडाले सबैलाई चकित पारेको थियो। अवार्ड कार्यक्रममा उनी प्रेमी दीपक कलालसँग पुगेकी थिइन्। त्यसक्रममा उनले आफ्नो कपडामा वास्तविक अंगुर नै प्रयोग गरेकी थिइन्।

बिग बोस ४ मा पनि राखी भयानक अवतारमा देखिएकी थिइन्। शोमा उनी भूतको अवतारमा देखा परेकी थिइन्। उनले आफूलाई भूत चढेको नाटक गरेकी थिइन्।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१५:५४

अभिषेकको यति सानो गल्तिकै कारण ऐश्वर्याले उनलाई राखेकी थिइन २ रात कोठा बाहिर!