मेष (चु चे चो ला लि लु ले लो अ)
खर्च नगरी कुनै पनि काम बन्ने छैन । त्यसैले पैसाको बचत हुने समय हाल देखिन्न । पढाइ, लेखाइ दुवैतिर राम्रै गति चल्नेछ । आम्दानीको मुख्य स्रोत भनेको व्यापार, व्यवसाय नै होला । परिवारबाट त्यति ठूलो सहयोग मिल्ने देखिन्न । बरु कचिङ्गल भने परी नै रहला ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
मानमर्यादामा विशेष उन्नति छैन । आर्थिक स्थिति भने राम्रै खालको रहला । हातले समातेको इलमले गतिलो लाभ गराउने छ । मित्रहरू पनि असल खालका छन् र राम्रै सहयोग दिनेछन् । पढाइ, लेखाइमा उन्नति नै हुने बखत छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
सुरुको दिन त्यति राम्रो छैन । अनेकौँ समस्या परी मन खिन्न होला । विशेष गरेर काम गरेको ठाउँमा शनिबारको दिनमा बढी झन्झट आउन सक्छ । आइतबारदेखिका बाँकी दिनहरू राम्रा खालका छन् । व्यापारसम्बन्धी काममा बढी समय जाला र दौडधूपसमेत पर्न सक्छ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
खर्च त घट्ने छैन तर आँटेका काम भने राम्रैसित बन्नेछन् । केही धार्मिक एवं कल्याणकारी कामसमेत तपाईंबाट हुनसक्छ र खर्चको केही स्रोत त्यतातिर पनि जाला । मित्रहरूबाट राम्रै सहयोग पाइनेछ । परिवारमा समेत हाल वातावरण राम्रो रहला ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
मनमा डर लागिरहला तैपनि बिग्रने खालको समय भने छैन । कूटनीतिक प्रतिभा त्यति देखिन्न । बौद्धिक स्थिति भने गतिलै खालको रहला । पढाइमा सामान्य प्रगति छ । साताको मध्य भागमा केही समस्या पर्न सक्छन्, जसको अन्त्य अन्तिम भागमा होला ।
कन्या (टो पा पी पू ष ण ठ पे पो)
खर्च बढी नै रहनेछ । त्यसलाई घटाउने लक्षण देखिँदैन । आफ्ना लागिभन्दा पनि परिवारकै लागि बढी खर्च होला । ठीक समयमा ठीक वाणी मुखबाट निकाल्न सक्नु हुनेछैन । हाललाई व्यापारतिर पनि शिथिलता नै देखिन्छ । बुधबारको दिनमा नारायणको दर्शन गर्नुहोस् ।
तुला (र रि रु रे रो ता ति तु ते)
सुरुमा स्वास्थ्यसम्बन्धी सामान्य समस्या पर्न सक्छ तर त्यसलाई सामान्य प्रयासले नै हल गर्न सकिएला । शिक्षाको क्षेत्रमा मनग्गै प्रगति गर्नुहुनेछ र मित्रहरूसमेत गतिलो भेट्टाइएला । प्राविधिक खाले कामबाट सामान्य लाभ गर्न सक्नुहोला ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
मनमा सानातिना चिन्ता परे पनि विशेष हानि हुने समय छैन । शिवजीको नित्य दर्शन र आराधनाले त्यस्ता चिन्तालाई मेटाउन सकिनेछ । पढाइ सामान्य खालको मात्रै छ । परिवारको मद्दतले केही गतिला काम बन्न पनि सक्छन् ।
धनु (ये यो भा भी भू ध फा ढा भे)
सामान्य खालको साता छ । मनमा अलिअलि भय र शङ्का भए पनि बिग्रने खालको समय छैन । आर्थिक स्थिति राम्रो रहला । नोकरीबाट भन्दा व्यापार व्यवसायबाटै फाइदा देखिन्छ । सूर्यको नित्य दर्शन भने गरी नै रहनुहोस् र पीपलमा जलसमेत नित्य चढाउनुहोस् ।
मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
त्यति नराम्रो साता होइन । सुरुका दिनमा इष्टमित्रहरूसँग भेट हुनुका साथै भोजभतेरसमेत पर्ला । आर्थिक स्थिति राम्रै खालको रहनेछ । पारिवारिक वातावरणसमेत उत्साहप्रद देखिन्छ । यात्राको प्रसङ्गसमेत चल्ला तर कार्य रूपमा नै परिणत हुने सम्भावना कम मात्र छ ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
भोजभतेरहरू बढी पर्नेछन् । त्यसैमा सञ्चित धनसमेत खर्च गर्नुपर्नेछ । मित्रहरूबाट ठूलो सहयोग पाउनुहोला जस्तो छैन । श्रमको शोषण गर्ने धेरै छन् । मद्दत दिने कम मात्र देखिन्छन् । शिक्षाको क्षेत्रमा सामान्य खालको प्रगति छ । व्यापारबाट मध्यम लाभ होला ।
मीन (दी दू थ झ ञ दे दो चा ची)
लाभ कम र खर्च बढी हुनाले मन आत्तिन पनि सक्छ । मद्दत गर्नेहरूको सङ्ख्या साह्रै सीमित छ । शिक्षाको क्षेत्रमा भन्दा अरू काममा बढी समय जाला । मुखले बोलेको कुरासमेत पु¥याउन धौ–धौ पर्नेछ । भगवतीको दर्शन र नारायणको आराधना नित्य गरिरहनुहोस् ।
-दामोदरनाथ लोहनी
ज्योतिषाचार्य