पहिले यति क्युट थिइन अभिनेता फरहानकी छोरी,अहिले भईन निकै जवान र बो-ल्ड(तस्विर)!

बलिउडका थुप्रै स्टार किड्स जो फिल्ममा आउनुभन्दा अगाडी नै सोशल मिडियामा भाइरल बनिसकेका हुन्छन। जसकारण उनीहरु सोशल मिडियामा प्राय एक्टिभ र लाइमलाइटमा रहन्छन्। केहि यस्ता स्टार किड्स पनि छन् जो सोशल मिडियाबाट टाढा रहन मन पराउछन्।

त्यस्तै तुफान अभिनेता फरहान अख्तरकी छोरी शाक्य अख्तर पनि सोशल मिडियामा निकै एक्टिभ रहन्छिन्। बताइएअनुसार शाक्य अख्तर फरहानकी पुर्व पत्नी अधुना भवानी अख्तर र उनकी छोरी हुन्।

फरहान र अधुनाको सन् २००० मा बिहे भएर सन् २०१७ मा डिभोर्स भएको थियो। अधुनाको साथमा फरहानको दुई छोरी (शाक्य अख्तर र अकीरा अख्तर) छन्।

हालै शाक्यले आफ्नो २१ औ जन्मदिन सेलिब्रेट गरेकी थिइन् । उनको जन्मदिनमा फरहानले  विश गरेका थिए। उनले आफ्नो अफिशियल इंस्टाग्राममार्फत आफ्नी छोरीलाई जन्मदिनको शुभकामना दिएका हुन्।

क्याप्सनमा फरहानले लेखेका छन, ‘ ह्याप्पी 21 शाक्य. तिमीलाई  एक बलियो, स्वतन्त्र महिलाको रुपमा बढिरहेको देख्दा मलाई जीवनको सबभन्दा ठुलो खुशी मिलिरहेको छ। मलाई तिमी माथि गर्व छ। धेरै माया।’

प्रकाशित : शनिबार, भदौ ०५, २०७८१७:३६

प्रचण्डलाई बिसञ्चो, घरमै थन्किए ! के भयो ?