“एम्बाप्पे रियल म्याड्रिड नआए पनि मतलब छैन, एम्बाप्पे बिना नै सबै उपाधि जित्ने हो”

रियल म्याड्रिडका प्रशिक्षक कार्लो एनसीलोटीले क्लबले फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई अनुबन्ध गरे पनि नगरे पनि मतलब नरहेको बताएका छन्। ट्रान्सफर विन्डो बन्द हुनको लागि अब २ हप्ता पनि बाँकी नरहँदा रियलको प्रमुख लक्ष्य एम्बाप्पे नै रहेको छ।

पीएसजीसँगको सम्झौताको अन्तिम १ वर्षमा प्रवेश गरिसक्दा पनि एम्बाप्पेले क्लबसँग सम्झौता नविकरण गर्ने कुनै मनसाय देखाएका छैनन्। स्पेनिस क्लब म्याड्रिडसँग उनको नाम लामो समय देखि जोडिदै आएको थियो। यस्तोमा, रियल प्रशिक्षक एनसीलोटीलाई क्लबले एम्बाप्पेलाई अनुबन्ध गर्ने बारे केहि पनि जानकारी नभएको बताएका छन्।

एक प्रेस सम्मेलनमा एम्बाप्पेको बारेमा प्रश्न गर्दा एनसीलोटीले भने,”मलाई थाहा छैन कि उनी आउँछन् कि आउँदैनन्। के हुन्छ भन्ने कुरामा मलाई चासो पनि छैन। मसँग निको बलियो र राम्रो टोली छ। मलाई त्यसैमा खुसी छ।”

आफूसँग रहेको टोली निकै बलियो भएकोले जारी सिजनका लागि निकै उत्सुक रहेको बताए। उनले भने,”मसँग निकै राम्रो टोली छ। हामी हरेक एक उपाधिका लागि लड्नेछौं।”

क्लब छाड्ने चर्चा चलिरहँदा एम्बाप्पेले फ्रेन्च लिगमा निकै बलियो सुरुवात गरेका छन्। लिगका सबै ३ खेल खेलेका फ्रेन्च स्टारले एक गोल गर्नुका साथै थप २ गोलमा असिस्ट पनि प्रदान गरेका छन्।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१२:१२

अन्ततः युभेन्टस मै बस्ने भए रोनाल्डो, आजको खेल खेल्ने !