पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुदा ३ जनाको मृत्यु!

सांकेतिक तस्विर

बारामा मोटरसाइकल एकापसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ ।

जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एकापसमा ठोकिँदा नुवाकोटको घुङताङ– ३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका– ९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवता गौतम मिश्रले जानकारी दिनुभयो ।

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो ।

पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी दिनुभयो । सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकप्टरमार्फत उद्धार उहाँलाई उद्धार गरिएको हो ।

अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । सिन्धुपाल्चोकका हेलम्बु, पाँचपोखरी र जुगल गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा छन् ।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१४:२१

जनै पूर्णिमाको अवसरमा गोसाइँकुण्ड पुगेका धार्मिक यात्रु फर्कन थाले !