सोलुखुम्बु जिल्लाको माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय सुमन राईको रेनकोटले ज्यान लिएको छ । घरबाट सल्लेरीतर्फ निस्कने क्रममा पानि परेपछि ओतका लागि उनले रेनकोट ओढेका थिए। तर रेनकोटले उनको बीच बाटोमै ज्यान लियो ।
घरबाट बा ५४ प ७८२९ नम्बरको २ सय २० सीसीकाे पल्सर मोटरसाइकलमा निस्किएका राइ दियाले सडकखण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि उनले ओढेको रेनकोट पछाडिको टायरमा बेरियो । बाइकको पांग्रामा रेनकोट बेरिएको केही समयमै सुमन भुईमा ढले र घाँटीमा रेनकोट पासो लाग्दा उनको घटनास्थलमै ज्यान गयाे ।
प्रहरीका अनुसार राइको घाटीमा रेनकोटले बेरिएको दाग देखिएको छ। तर शरीरका अन्य भागमा भने चोट देखिएको छैन ।

