अण्डा खानु स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ। यो प्रोटिन र क्यल्सियमको सबै भन्दा ठुलो स्रोत हो। जुन हाम्रो हड्डी तथा माम्सपेशीको लागि लाभदायक हुन्छ। आजभोलि बजारमा पाइने अनेक प्रकारका अण्डाहरुमा कुन चाहिँ स्वास्थ्यका लागि बढी उपयोगी छ भन्ने कुराको यकिन गर्न मुस्किल पर्दछ। बजारमा पाइने यस्ता सेता र ब्राउन कलरका अण्डामा कुन स्वास्थ्यका लागि उपयोगी हुन्छ भन्ने सन्दर्भमा समेत अधिकांश मानिसमा द्विविधा उत्पन्न हुने गरेको पाइन्छ।
त्यसैले आज हामी बजारमा पाइने गरेका सेतोया खैरो रंगको अण्डा मध्ये कुन खादा स्वास्थ्यमा फाइदा हुन्छ भन्ने कुराको जानकारी दिन जादैछौं ,
सेतो र खैरो रंगको अण्डाका बिचमा भिन्नता
डाइटिशियनका अनुसार अण्डा मुख्यत २ प्रकारका हुने गर्छन
१. लोकल
२. पोल्ट्री
लोकल अण्डा खैरो रंगको हुन्छ भने पोल्ट्रीको अण्डा सफा सेतो रंगको हुने गर्दछ। अधिकांश मानिसहरुको मान्यता अनुसार खैरो रंगको अण्डा सेतोको तुलनामा बढी स्वास्थ्यवर्द्धक हुने गर्दछ। त्यसैले गर्दा उनीहरु खैरो कलरको अण्डा खान नै बढी रुचाउने गर्छन। खैरो कलरको अण्डामा प्रोटिन , क्यालोरी तथा कोलेस्टोरेलको मात्र अत्यधिक हुने गर्दछ जसका कारणले गर्दा सेतोको तुलनामा यो बजारमा अलि महँगो समेत हुन्छ। स्वादको सन्दर्भमा पनि सेतो भन्दा यसको अलि फरक हुने र भित्रको पहेंलो भाग समेत हल्का गाढा हुन्छ।
कुनमा पौष्टिक तत्व बढी?
एक अध्ययनका अनुसार सबै प्रकारका अण्डाका आकार र कलरका बाबजुत पनि त्यसमा पाइने पौष्टिक तत्व समान खालको हुने गर्दछ। सबैमा उत्ति नै मात्रामा भिटामिन , प्रोटिन , मिनरल एवम क्यालोरी पाइने गर्दछ। त्यसैले अण्डाको रंग अनुसार यसको पौष्टिक तत्वमा यसमा बढी र यसमा कम हुन्छ भन्ने हुदैन।
अण्डाको सहि पहिचान कसरी गर्ने ?
अण्डामा कति पौष्टिक तत्व छ भन्ने कुरा त्यसको रंगले भन्दा पनि कुखुराको डाईटमा निर्भर गर्छ। सुर्यको तापमान संगै रहने , बाहिर आहार गर्ने कुखुराको स्वभावैले अण्डामा बढी पौष्टिक तत्व पाइन्छ। नकि कुनै बन्द कोठामा दाना र पानीको भरमा राखेको भन्दा।
कहिले अनि कसरी खाने त अण्डा
हरेक दिन उमलिएको अण्डाको सेवन गर्नाले शरीरमा लाग्ने अनेक प्रकारका रोगहरुबाट छुटकारा पाउन सकिन्छ। अझै सम्भव भए सम्म बिहानको समयमा यसको सेवन गर्नाले स्वास्थ्यमा नसोचेको लाभ प्राप्त हुन्छ। विशेषगरी जिम जानेहरुका लागि अन्डालाई दुधमा मिसाएर खानु उपयोगी हुने देखिन्छ।