भगवान राम मात्र होइन यी देवताका कारणले गर्दा हनुमान भएका थिए यति शक्तिशाली

भगवान हनुमानलाई सबैभन्दा बढी शक्तिशाली , बलवान अजर अमर मानिने गरेको छ।  मान्यता रहे अनुसार पवनपुत्र हनुमान हालसम्म पनि पृथ्वीमा अलग  अलग रुप धारण गरि विराजमान रहेका छन।  उनले यहि पृथ्वीमा रहेर दुख परेको बेलमा आफ्नो भक्तहरुको सहयोग समेत गर्ने गरेका छन। आखिरमा भगवान हनुमान यति धेरै शक्तिशाली किन भए त भन्ने सन्दर्भमा आज हामी केहि मान्यता यहाहरु समू प्रस्तुत गर्न जादैछौं।

ब्रह्मले स्वर्गको अप्सरालाई श्राप दिएका थिए

सानो गल्तिको कारण भगवान ब्रह्मले स्वर्गकी अप्सरा अन्जनालाई बाँदर बन्नु परोस भन्ने श्राप दिएका थिए। पापको प्रायश्चित गर्नका लागि अन्जानले भगवानसँग क्षमा मागेकी थिइन्।  अन्तत ब्रह्मले माफ गरि  श्राप फिर्ता लिन नमिल्ने भएकाले उनले अन्जनालाई एक बाँदरको जन्म दिनु पर्ने र उक्त बच्चा पुरा ब्रह्माण्ड भरि नै शक्तिशाली हुने बताएका थिए।

भगवान इन्द्रले बज्र प्रहार गर्नाले

देवताहरुका राजा भगवान इन्द्रले भगवान हनुमान सुर्य भएको तिर जादै गरेको सबै रहस्य थाहा पाई उनलाई रोक्नका लागि बज्रको प्रहार गरेका थिए जसका फलस्वरूप हनुमान घाइते  भई लडेका थिए।

वायु देवले हड्ताल गरेका कारण

यी सबै भए पश्चात बायु देव क्रोधित भई हड्ताल गर्ने सम्म निर्णयमा पुगेका थिए। जसका बाबजुत हावा बहन नपाई पुरै पृथ्वी अस्तव्यस्त हुन पुगेको थियो।

भगवानले हनुमानलाई आशिर्वाद दिएका थिए

अन्तत केहि उपाय नचलेको हुनाले वायुदेवको क्रोध शान्त पार्नका लागि सबै देवताहरुले हनुमानलाई आशिर्वाद दिएका थिए।  ब्रह्मले हनुमानलाई कुनै पनि शस्त्रले  चोट पुर्याउन नसक्ने र उक्त हतियारको तुलनामा अझै शक्तिशाली हुने आशिर्वाद दिएका थिए , त्यस्तै बरुण देवले पानी र अग्नि देवले आगोले रक्षा गर्ने बरदान दिएका थिए।

भगवान यमले उनको स्वस्थ जीवन र अमरताको बरदान दिएका थिए भने सुर्य भगवानले सोचे अनुरुपको आफ्नो रुप बदल्न सक्ने आशिर्वाद दिएका थिए।  यसका साथमा भगवान बिस्वकर्माले हरेक कुराबाट सुरक्षा मिल्ने बरदान दिएका थिए जसको फलस्वरूप सबै देवताका आशीर्वादका कारण भगवान हनुमान सबैभन्दा शक्तिशाली हुन पुगेका हुन्।

प्रकाशित : शनिबार, चैत १६, २०७५१४:११

जन्मेको बार अनुसार नै तपाई कति भाग्यमानी हुनुहुन्छ ? बार अनुसार मानिसको स्वभाव र भाग्य हेर्नुहोस्