तपाई अर्को जन्ममा मानव नै बन्नु हुन्छकी अरु केहि ? हेर्नुहोस कुण्डली र कर्मले यसरी निर्धारण गर्छ !

काठमाडौँ। ज्योतिष शास्त्रको अनुसार मनुष्य जुन समयमा जन्मिन्छ त्यस समय तथा त्यस समयको ग्रहको दशाको आधारमा उसको जन्म-कुण्डली तयार गरिन्छ। त्यस जन्म-कुण्डलीबाट उसको आउने वाला भविष्यको एक तस्बिर तयार हुन्छ। उक्त जन्म-कुण्डलीकै मद्दतले उसको भविष्यको एक झलक प्राप्त हुन्छ। तर के तपाईलाई थाहा छ कि व्यक्तिको त्यहीं जन्म-कुण्डलीले उसको पूर्वजन्म तथा पुनर्जन्मको कहानी पनि बयान गर्दछ। हिन्दु धर्मको अनुसार जुन आत्माको जीवनमा ईच्छा समाप्त हुन्छ त्यस व्यक्तिले मोक्ष प्राप्त गर्दछ। र यस्ता आत्मालाई पूण्य-आत्मा भनिन्छ र प्रभुको स्थानमा पुग्छन ।

यो भनिएको छ कि मनुष्यको आत्मा कहिल्यै मर्दैन, त्यो सधैँ अमर रहन्छ। मनुष्यको शरीर उसको आत्मासँग जोडिएको हुन्छ जुन ऊ जन्मे लगत्तै उसको साथ आउँछ र मृत्यु पछि शरीर छोडेर जान्छ। हिन्दु मान्यतामा पुनर्जन्म तथा पूर्वजन्म जस्ता कुरालाई मानिने गरिन्छ र पुराणमा पनि यसको वर्णन निकै प्रसिद्ध छ जसबाट हामीलाई रोचक तथ्य प्राप्त हुन्छ। पूर्वजन्मको अलावा आफ्नो वर्तमान शरीर छोडे पछि आत्मा कहाँ जान्छ र कुन शरीरमा प्रवेश गर्दछ, त्यसमा आत्माले कस्तो जिन्दगी प्राप्त गर्दछ, यी सबै कुराहरु बारे हरेक व्यक्तिमा तथ्य जान्ने उत्सुकता हुन्छ। यी सबै जानकारी उक्त व्यक्तिको जन्म-कुण्डलीबाट थाहा पाउन सकिन्छ।

कुन कुलमा जन्म लिनेछन ?

ज्योतिषाचार्यहरु कुनै व्यक्तिको जन्म-कुण्डलीमा यदि कर्कट राशिमा गुरु अवस्थित छन् भने जातकले मृत्यु पछि उत्तम कुलमा जन्म लिन्छ। यानि कि उसको आगामी जीवन श्रेष्ठ हुनेछ।

यी योगको कारण मृत्यु पछि मिल्नेछ नर्क 

यदि कुनै व्यक्तिको कुण्डलीमा अष्टम भावमा मंगलको दृष्टि छ या लग्नस्थ मंगलमा नीच शनिको दृष्टि छ भने यस्ता जातकको मृत्यु पश्चात उसले नर्कको पीडा भोग्नु पर्ने हुन्छ। यस बाहेक लग्न ग्रहमा उच्च राशिको चन्द्रमा छ र कुनै पाप ग्रहको दृष्टि उस माथि परिरहेको छ भने यस स्थितिमा पनि व्यक्तिले नर्कको पीडा भोग्नु पर्ने हुन्छ।

अष्टम भावमा मङ्गल र शनि

यस विद्याको अनुसार यो पनि मानिन्छ कियदि जन्म-कुण्डलीमा अष्टमस्थ शुक्रमाथि गुरुको दृष्टि छ भने जातकको मृत्युपछि वैश्य कुलमा जन्म लिनेछ। यसको अलावा यदि अष्टम भावमा मङ्गल र शनि, यी दुवै ग्रहको पूर्ण दृष्टि छ भने जातकको अकालमा मृत्यु हुन्छ।

उपयुक्त जानकारीमा तपाईको जन्म-कुण्डली सटीक हुनु अत्यन्तै महत्त्वपूर्ण रहेको छ। र तपाईको जन्म-कुण्डलीमा कुन ग्रह तपाईको पूर्वजन्म तथा पुनर्जन्मको बारे के भन्छ , यसको बारेमा तपाई कुनै अनुभवी ज्योतिषाचार्यसँग पनि बुझ्न सक्नु हुन्छ। सबै जानकारी कुण्डलीको अन्य ग्रहको स्थिति माथि नै निर्भर हुन्छ जसको लागि तपाई ज्योतिषाचार्यसँग सम्पर्क पछि जान्न सक्नु हुन्छ।

कर्म अनुसार जान्नुहोस् कुन योनीमा हुनेछ व्यक्तिको जन्म 

महर्षि व्यास जीको अनुसार शास्त्रमा कर्म अनुसार मनुष्यले कस्तो योनी मिल्छ भन्ने उल्लेख गरिएको छ।

१. जो मनुष्यले परस्त्रीसँग अनैतिक सम्बन्ध बनाउँछ, त्यस मनुष्य सर्वप्रथम नर्क जानु पर्नेछ। त्यस पछि ऊ ब्वाँसो बन्नु पर्छ, त्यस पछि कुकुर, स्याल, गिद्ध, सर्प, काग, अन्त्यमा बकुल्लाको जन्म प्राप्त गरे पश्चात उक्त व्यक्तिले मनुष्यको रुपमा जन्म प्राप्त गर्दछ।

२. यदि कोही मनुष्य आफ्नो दाजुको अपमान गर्दछ भने ऊ सारस नामको पक्षीको रुपमा जन्म लिन्छ र १० वर्ष सम्म यसै योनीमा रहन्छ। त्यस पछि ऊ पापबाट मुक्त हुन्छ र मनुष्यको रुपमा जन्म लिन्छ।

३. सुन चोरी गर्ने मनुष्य किराको रुपमा जन्म लिन्छ र चाँदीको सामान चोरी गर्ने व्यक्तिले परेवाको योनी प्राप्त गर्दछ। र त्यस्तै कपडा चोरी गर्ने व्यक्ति सुगा बन्नु पर्नेछ।

४. जुन व्यक्ति देवता र पितृको सन्तुष्ट नगरी मृत्यु हुन्छ, त्यस्ता व्यक्ति सय वर्ष सम्म कागको रुपमा रहनु पर्ने हुन्छ, त्यस पछि कुखुरा बन्नु पर्नेछ। त्यस पछि एक महिनाको लागि सर्पको रुपमा जीवन व्यतीत गर्नु पर्नेछ। र अन्त्यमा उसको पाप समाप्त हुन्छ। र फेरी ऊ मनुष्यको रुपमा जन्मिन्छ।

५. जो मनुष्य कुनै व्यक्तिको शस्त्रले हत्या गर्दछ, ऊ अर्को जन्ममा गधा हुन्छ। त्यस पछि मृग हुन्छ र स्वयम शस्त्रद्वारा मारिन्छ। त्यस पछि ऊ माछा, कुकुर र बाघ बन्नु पर्नेछ, र अन्त्यमा मनुष्य योनी प्राप्त गर्दछ।

प्रकाशित : आइतबार, चैत १७, २०७५१०:३०

जहिले पनि घरमा लक्ष्मीको वास होस् भन्ने चाहनु हुन्छ ? त्यसो भए घरमा यी वस्तु कहिले पनि नछुटाउनुस् !