हुरी र आँधीका कारण २४ जनाको मृत्यु १७० भन्दा बढि घाइते

वीरगञ्ज, एक्कासि आज साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा २४ जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा गरि २४ जनाको मृत्युको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको छ भने पर्साका विभिन्न स्थानमा १२० जना घाइते भएको र उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ । हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

आँधीमा परेर दर्जनौ घर भत्केका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : आइतबार, चैत १७, २०७५१७:१७

खुल्ला सिमानाका कारण घटना बढ्यो: गोली प्रहारबाट एकको हत्या