आँधीहुरीमा परी घाइते भएका ५ वर्षीय बालकको आइसियुमा मृत्यु ! मृत्यु हुनेको संख्या २८ पुग्यो !

सांकेतिक तस्विर

काठमाडौँ- गत आइतबार साँझ आएको भिषण हुरीमा परी घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा फेटा गाँउपालिका ६ का फिरोज अंसारीका पाँच वर्षीय छोरा फैयाज आलम रहेका छन्। आलमको वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भैरहेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत आइतबार रातिदेखि नेशनल मेडिकल कलेजको आइसियुकक्षमा उपचार भैरहेका आलमको मंगलबार दिउँसो मृत्यु भएको हो।

आलमको मृत्युसँगै विनशकारी आँधीहुरीमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ । मृत्यु हुनेहरुमा बाराका २६ जना छन् भने पर्साबाट मंगलबार मृत्यु भएका आलम सहित २ जना छन्।

वीरगन्जका विभिन्न अस्पतालमा बारा र पर्साका चार सय जना घाइतेको उपचार भइरहेको छ। यस्तै पाँचजना घाइतेको काठमाडौँमा उपचार भैरहेको छ।

प्रकाशित : मङ्गलबार, चैत १९, २०७५०८:००

गुल्मीमा चैत्र २० देखि ३० गतेसम्म महोत्सव, युवाहरुको उत्साहप्रद सहभागिता हुने