कुन राशिले के संकेत गर्छ, कुन राशि हुने मानिस कस्तो हुन्छ ? जान्नुहोस्

एजेन्सी – आज हामी तपाईलाई १२ वटै राशिको बारेमा जानकारी दिन्छौं। यसबाट तपाइंले आफ्नो राशिले के संकेत गर्छ भन्ने कुरा जान्न सक्नुहुनेछ।

मेष
मेष राशिहरु स्वतन्त्र हुन मनपराउँछन् । यसका साथै यीनीहरु भावुक स्वभावका हुन्छन् । यसको विपरित स्वभाव भएका मानिसहरु यीनीहरुको पक्षमा काम गर्न रुचाउँदैनन् । यीनीहरुको सबैभन्दा नराम्रो जोडिको रुपमा वृष राशिलाई मानिन्छ । किनकी मेष राशिलाई पछि लाग्ने बानी एकदमै मनपर्दैन ।

वृष: वृष राशिहरु ईमान्दार र विश्वासिला हुन्छन् । यीनीहरु व्यवहारिक जीवन जिउनमा विश्वास गर्छन् । वृष राशिसँग सम्बन्धको बारेमा राम्रो अनुभव हुन्छ । धनु र वृष राशीलाई नराम्रो जोडीको रुपमा मानिन्छ ।

मिथुन: मिथुन राशिलाई ईमान्दारको रुपमा चिनिन्छ । यीनीहरुलाई रमाईलो गर्न एकदम मनपर्छ । मकर र मिथुन राशिलाई  नराम्रो जोडीको रुपमा लिईन्छ ।

कर्कट: यीनीहरु भावुक , हेरचाह गर्ने र सहयोगी स्वभावका हुन्छन् । मेष राशिलाई यस राशिको सबैभन्दा नराम्रो जोडिको रुपमा लिईन्छ ।

सिंह: सिंह राशिहरु आर्कषक हुन्छन् । र यीनीहरु जिस्किने स्वभावका हुनुको साथै आफ्नो व्यक्तित्वमा विश्वस्त हुन्छन् । आफूलाई गलत सम्झिने मानिसहरुलाई यीनीहरु घृणा गर्छन् । यस राशिको नराम्रो जोडि बृश्चिक हो । यसको कारण बृश्चिक राशि धेरै जिद्दि स्वभावको हुनु हो ।

कन्या: कन्या राशिको स्वभाव हेरचाह गर्ने र सहयोगी किसीमको हुन्छ । यीनीहरुमा कलात्मक तरिकाले काम गर्ने क्षमता हुन्छ । यस राशिको नराम्रो जोडिको रुपमा धनुलाई मानिन्छ । किनकी यीनीहरु पछि लाग्ने स्वभावको हुन्छ । जुन कन्या राशिलाई मनपर्दैन ।

तुला: यीनीहरु स्वतन्त्र , विचित्र र मिलनसार स्वभावका हुन्छन् । तर कन्यालाई यस राशिको नराम्रो जोडिको रुपमा मानिन्छ ।

बृश्चिक: यीनीहरु विश्वसनीयताको रुपमा चिनिन्छन् । यसको मेष राशिसँगको जोडि मिल्दैन ।

धनु: धनु राशिहरुको सोच एकदमै सकारात्मक हुन्छ । यीनीहरुको नराम्रो जोडिको रुपमा वृष राशीलाई मानिन्छ।

मकर: मकर राशि ईमान्दार हुन्छन् । तर यीनीहरु घमन्डि पनि हुने गर्छ । यसको नराम्रो जोडिको रुपमा मिथुनलाई मानिन्छ । किनकी मिथुन राशिहरु जिद्दि स्वभावका हुन्छन् । जुन मकर राशिलाई एकदम मनपर्दैन ।

कुम्भ: कुम्भ राशि र कर्कट राशिलाई नराम्रो जोडिको रुपमा मानिन्छ । किनकी कर्कट राशिहरु भावुक स्वभावका हुन्छन् ।

मीन: यीनीहरु अरुको भावनालाई सम्मान गर्ने स्वभावका हुन्छन् । यस राशिको नराम्रो जोडि कन्या राशिलाई मानिन्छ । किनकी कन्या राशि निकै नै व्यावहारिक किसीमका हुन्छन् भने मीन राशि संवेदनशील र काल्पनिक किसीमका हुन्छन् ।

प्रकाशित : बुधबार, चैत २०, २०७५१३:०३

यी महिनामा विवाह गर्ने दम्पतीको कहिले पनि टुट्दैन सम्बन्ध, जीवनभर रहन्छन् खुशी !