एजेन्सी, शास्त्रमा सूर्य देवलाई जल चढाउनुको पनि निकै फाइदाको बारेमा विस्तारसँग बताईएको छ । ज्योतिषमा सूर्यलाई ग्रहको राजा र मान-सम्मानको कारक ग्रह बताईएको छ ।
कुण्डलीमा सूर्यको स्थिति राम्रो भएमा यस्तो व्यक्तिलाई समाजमा प्रसिद्धि मिल्ने गर्दछ । शास्त्रमा पनि भनिएको छ कि हरेक दिन सूर्यलाई जल चढाउनु पर्दछ र निकै मानिसहरु यस नियमको पालना पनि गर्ने गरेका छन् । तर यसको पनि नियम रहेको छ जसलाई जानेर सूर्यलाई जल दिनाले जीवनको विभिन्न क्षेत्रमा यसको लाभ प्राप्त गर्न सकिन्छ ।
सूर्योदयको केही समयपछि मात्र सूर्यलाई जल चढाउनु शुभ र फलदायी हुने गर्दछ । बिहान ८ बजे भन्दा पहिले नै सूर्यलाई जल चलाउनु पर्दछ । सूर्यलाई जल दिने नियममा केहि अरु पनि नियम रहेको छ ।
सूर्यलाई स्नान पछि तामाको भाडाबाट जल अर्पित गर्नु पर्दछ । कहिले पनि स्टील, फलाम, आल्मोनियमको भाडाबाट जल चढाउनु हुदैन । सूर्यलाई जल दिनु अघि जलमा एक चिम्टी रातो चन्दन मिलाएर रातो पुष्प राखी जल दिनु पर्दछ ।
जब तपाई सूर्यलाई जल अर्पित गर्नुहुन्छ त्यस समयमा सूर्य देवको मन्त्र जस्तै ऊ भास्कराय नम:, ऊ आदित्याय नम:, ऊ खगाय नम: को जप गर्नु पर्दछ । सूर्यलाई जल दिदा ७ पटक जल दिनु पर्दछ । यसको साथै सूर्यको मन्त्रको जप गर्नुहोस् यो विशेष लाभप्रद हुने गर्दछ । सम्भव हुन्छ भने यस समयमा रातो वस्त्र धारण गर्नुहोस् ।