आफ्नो साइकलले किचेको चल्लालाई अस्पताल लैजाने बालक सम्मानित, विश्व भयो भावुक !

आफ्नो साइकलले किचेको चल्लालाई अस्पताल लैजाने बालकलाई स्कुलले सम्मान गरेको छ । भारतको मिजोरम राज्यका ६ वर्षीय बालक डेरेकले आफूले साइकल चलाउँदै गर्दा साइकलले छिमेकीको चल्ला किचेपछि उक्त चल्लालाई नजिकैको अस्पताल पुर्याएका थिए ।

डेरेकले चल्लालाई लिएर सुरुमा आमा बुवासंग गएका थिए र पैसा मागेका थिए । आमाबुवाले चल्ला मरेको बताए र पैसा दिएनन् । त्यसपछि उनले आफूसंग भएको १० रुपैयाँ र चल्ला लिएर चल्लाको उपचार गर्न अस्पताल गएका थिए । तर चल्ला भने मरिसकेको थियो ।

अस्पतालकी नर्ससंग उनले चल्लाको उपचार गरिदिन अनुरोध गरे । नर्स बच्चाको त्यो भनाइ सुनेर अचम्भित र भावुक बनिन् । त्यसपछि उनले बच्चाको तस्बिर लिइन् । सामाजिक संजालमा पोस्ट भएको उक्त तस्बिर सामाजिक संजालमा भाइरल भयो । उक्त फोटो हेर्नेहरु सबै भावुक बने भने उक्त फोटोले बच्चाको कोमलता संगै मानवताको संदेश पनि दिइरहेको छ ।

बच्चाको उक्त सोंच र कामलाई उनले पढ्ने स्कुलले दोसल्ला ओढाएर र सम्मान प्रमाणपत्र दिएर उनको सम्मान गरेको छ ।

प्रकाशित : शुक्रबार, चैत २२, २०७५०५:५०

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खुल्यो, अधिकृत र अनुसन्धान सहायक माग [ सूचनासहित ]