आज चैत २४ गते आइतबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

प्रयत्न गर्दा चिताएका काम सजिलै सम्पादन हुने आजको दिनमा तपाइलाई दिनभरीनै लक्ष्मीको अनुग्रह मिल्ने देखिन्छ। आज तपाईलाई कुनै पनि आर्थिक समस्या नहुने देखिन्छ। नयाँ कामले नाम र दाम दिलाउनुका साथै कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शत्रुहरूको कारण आज तपाईको काम बिग्रिन सक्ला। आज तपाईलाई निर्णय लिन समस्या पर्ने देखिन्छ भने आज सोच्दै नसोची बोल्नु भएमा तपाईलाई झमेला आइपर्ने दिन परेको छ। आज मनमा उदासीनता छाउने छ। आज सानो सानो कुराका कारण चिन्ता बढ्ने देखिन्छ। अचानक खर्चको संभावना देखिन्छ। आज आत्मबलमा गिरावट आउने हुँदा कार्य सफलतामा कमि आउने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सजिलै सम्पादन हुनेछन्। आज तपाइको स्वास्थ्यमा सुधार आउने देखिन्छ भने आज तपाईमा कान्ति बढेर जाने देखिन्छ। आज तपाईको रचनात्मक शक्तिमा निखार देखा पर्ने देखिन्छ। आज तपाईको रोकिएको काम सुरु हुने दिन परेको छ। आज विद्यार्थीहरूको लागि समय धेरै अनुकूल छ। आज तपाईको कार्य शैलीका कारण सम्मान पनि मिल्न सक्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आज तपाइको नउठेको धन उठ्न सक्ला भने आज तपाईको बिछोड भएका व्यक्तिहरु संग मिलन हुन सक्ला। तारिफयोग्य कामले धेरैको मन जित्न आज तपाई सफल हुनुहुनेछ। आज तपाईको आर्थिक मामलामा भने मध्यम लाभ मिल्न सक्ला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्ने देखिन्छ। आज तपाईको अध्ययनमा सफलता मिल्न सक्ने देखिन्छ भने साथीहरू र नजिकका मानिसहरूसँग जमघट रहन सक्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

आज तपाईको दिन मिश्रित फलदायी रहन सक्ला भने आज तपाईलाई लाभका साथै व्यय समान रुपले मिल्ने देखिन्छ। आज तपाईको शरीरमा थकान र आलस्यता र मनमा अशांतिको भाव रहने देखिन्छ। आज तपाईको अध्ययनमा पनि खासै मान जाने देखिन्न। आज तपाईको निर्धारित समयमा कार्य सम्पन्न हुन गार्है पर्ने देखिन्छ। पहिले ईर्ष्या गर्नेहरूले भने आज तपाईलाई साथ दिनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अवसर प्राप्त भए पनि अरूको भरपर्दा आज काम बिग्रिन सक्ने आजको दिनमा तपाई धेरै सजक रहनु होला। आज तपाईको कार्यमा सरकारी तगारोको पनि समान हुन सक्ला। आज तपाई सकेसम्म कानुनी कार्यबाट टाढा बसेकै उचित रहने देखिन्छ। धार्मिक, सामाजिक कार्यले पनि संलग्नता र खर्च बढेर जाने आजको तपाईको दिन स्वास्थ्यमा पनि असहजताको समान हुने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आज पाहुनाहरूको रुपमा सत्कार र खानपान मिल्ने योग देखिन्छ। वर्तमान समयमा नयाँ कार्य सम्बन्धित सफल आयोजनाको शुरुवात गर्नु हुने देखिन्छ। आजको दिनमा व्यापारी वर्गलाई धेरैनै लाभ मिल्ने देखिन्छ। साथै जागिर गर्नेहरुलाई पनि भनेको जस्तै लाभ मिल्न सक्ला। सोचेको सम्पूर्ण कार्य पूरा हुँदा आज तपाईमा मानसिक अवस्था धेरै राम्रो हुने देखिन्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दाम र प्रतिष्ठा बढ्ने आजको दिनमा बौद्धिक-तार्किक विचारको कारण तपाईको धेरै क्षेत्रमा प्रसंशा मिल्ने देखिन्छ। समाजमा सम्मान बढेर जाने देखिन्छ। आज नयाँ सम्बन्ध बनाउनको लागि धेरैनै राम्रो दिन रहेको छ। आज कुनै पनि साझेदारी गर्दा आर्थिक लाभ मिल्न सक्ला। आज मनोरन्जनको लागि कहिँ यात्रामा निक्लिनु हुनेछ। कीर्तिमानी काम गर्ने अवसर पनि मिल्न सक्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

आज अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्ने हुँदा सजक रहनु होला। आज आकस्मिक रूपमा खर्च बढ्नाले तपाइको मन पिरोलिनेछ। क्रोधमा नियन्त्रण राख्नु होला। आज तपाईको धन धेरैनै खर्च हुने देखिन्छ। आज अनैतिक कार्यहरू देखि टाढा रहनु भएको उचित हुने देखिन्छ। आज तपाईको कुरा कसैले नसुन्दा तपाईको मन भित्र धेरै कुराहरु खेल्ने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

समयमा होस नपुग्नाले खर्च बढेर जाने देखिन्छ। जसको कारण आज तपाईलाई आर्थिक समस्याले सताउन सक्ला। मनमा अनेक प्रकारका अनिश्चितताले ठाउ बनाउन सक्ने देखिन्छ। बोलीमा नियन्त्रण नहुँदा केहि समस्या आउन सक्ला। आज तपाईको समाजमा मान प्रतिष्ठा घटना सक्ने देखिन्छ। आज बिना कारण झगडा हुन सक्ने हुँदा संयम रहनु होला। ठूलो प्रयत्नले सामान्य उपलब्धि मात्रै मिल्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आज व्यापारमा सोचेको भन्दा धेरै लाभ मिल्न सक्ला। आज सम्पूर्ण आर्थिक योजना सफलतापूर्वक सम्पन्न हुने देखिन्छ। आज पहिला नउठेको लगानी उठ्ने देखिन्छ। आज व्यवसायी र व्यवसायीहरूले विदेशबाट लाभ उठाउनेछन्। परिवारका सदस्यहरूसँग खुसीसाथ समय बिताउने मौका मिल्न सक्ला। आज भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

समयमा होस नपुग्नाले खर्च बढेर जाने देखिन्छ। जसको कारण आज तपाईलाई आर्थिक समस्याले सताउन सक्ला। मनमा अनेक प्रकारका अनिश्चितताले ठाउ बनाउन सक्ने देखिन्छ। बोलीमा नियन्त्रण नहुँदा केहि समस्या आउन सक्ला। आज तपाईको समाजमा मान प्रतिष्ठा घटना सक्ने देखिन्छ। आज बिना कारण झगडा हुन सक्ने हुँदा संयम रहनु होला। ठूलो प्रयत्नले सामान्य उपलब्धि मात्रै मिल्नेछ।

प्रकाशित : शनिबार, चैत २३, २०७५१४:०७

भोलि चैत २४ गते आइतबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस दैनिक राशिफल !