भोलि चैत २५ गते सोमबार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस भोलिको राशिफल !

भोलि मिति २०७५ साल चैत्र महिनाको २५ गते सोमबार , सोहि अनुसार सन् २०१९ अप्रिल ८ तारिख तपाईको भोलिको दिन कसरी बित्ला त ? आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष

दिनको प्रारम्भमा नया कार्यको थालनीले मनमा उत्साह बढेर जानेछ। शारीरिक तथा मानसिक स्वस्थताको अनुभूति हुनेछ। परिवार तथा मित्रजनकको भरपुर साथ मिल्नेछ। तर मध्यन्न्ह पश्चात भने स्वास्थ्यमा परिवर्तन आउन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनुपर्ने छ। सकेसम्म आर्थिक कारोबारका कार्यहरु नगर्दा नै राम्रो हुने छ। समग्रमा याहाको भोलिको दिन मध्यम फलदायी रहने छ।
वृष

पारिवारिक वातावरणमा मनमुटावको स्थिति सिर्जना हुनेछ।कार्यमा उच्च अधिकारीको सहयोग मिल्नेछ। मध्यन्न्ह पश्चातको समयमा सामाजिक कार्यमा रुचि बढ्नेछ। मित्रवर्गबाट लाभ मिल्नेछ। सन्तान लाभ हुने सम्भावना रहेको छ। आकस्मिक धन लाभ हुन सक्ने पनि प्रबल योग रहेको छ।

मिथुन

पारिवारिक एवम ब्यापारिक क्षेत्रका लागि दिन अनुकुल रहेको छ। कार्यभार बढ्नाले स्वास्थ्यमा खराबी देखिन सक्छ। अचानक मित्र भेट हुन सक्ने सम्भावना रहेको छ। यात्रा हुन सक्ने छ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

कर्कट

अपेक्षाकृत कार्य निर्धारित समयमा नै पुरा भएर जान्छ। स्वस्थ्य अनुकुल रहेको छैन। क्रोधको मात्रा अधिक रहने छ। व्यवसायिक क्षेत्रमा लाभ मिल्नेछ। घरायसी वातावरणमा खुसियाली छाउने छ।

सिंह

प्रातकालिन समयमा शारीरिक तथा मानसिक अस्वस्थता तथा व्यग्रताको अनुभूति हुनेछ। कसैसंग अनावश्यक मनमुटावमा नगर्दा नै राम्रो होला। मध्यन्नाह पश्चातको समयमा भने स्वास्थ्यमा सुधार भएर जानेछ। ब्यापारमा उच्च पदाधिकारीको साथ् मिल्नेछ। पारिवारिक माहोलमा खुसियाली छाउने छ।

कन्या

आद्यात्मिक क्षेत्रमा सिद्धि प्राप्त हुने योग रहेको छ। स्वास्थ्य अनुकुल रहेको छैन। कार्यमा ढिलासुस्ती हुन सक्छ ध्यान दिनुहोला। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

तुला

बिचारमा उग्रताको भाव उत्पन्न हुनेछ। आर्थिक लाभको प्रबल सम्भावना रहेको छ। छोटो दुरीको यात्रा हुन सक्छ। बोलीको नकारात्मक असर पर्न सक्ने भएकाले बोल्दा बिशेष विचार पुर्याउनु पर्ने छ। शत्रुको सामना गर्नु पर्नेछ। भोलिको दिन सकेसम्म नया कार्यको थालनी नगर्दामा नै लाभ ह्हुने देखिन्छ।

वृच्क्षिक

बौद्धिक कार्यमा सफलता मिल्नेछ। छोटो दुरीको यात्रा हुन सक्नेछ। धन सम्बन्धि आयोजनाको लागि समय शुभ रहेको छ। मिष्ठान भोजनको अवसर मिल्नेछ। पारिवारिक जीवनमा खुसियाली छाउने छ।

धनु

शारीरिक एवम मानसिक स्वास्थ्यमा समस्या देखिन सक्छ बिशेष ध्यान दिनुहोला। कडा मेहनतका बाबजुत पनि कार्यमा सफलता नमिल्नाले केहि निराश हुनु पर्नेछ। मध्यन्न्हपश्चातको समयमा भने स्वास्थ्य अनकुल रहने छ। आर्थिक लाभ हुनेछ। व्यवसायिक योजना प्रभावकारी ढंगले सम्पादन भएर जानेछ। समग्रमा भोलिको तपाईको दिन आनन्द पुर्वक व्यतित हुनेछ।

मकर

यात्रा गर्दा बिशेष सावधानी अपननाउनु पर्नेछ।महत्वपुर्ण निर्णय सकेसम्म भोलिको दिन नलिदा नै उचित होला।परिवारका साथमा अनावश्यक मनमुटाव हुन सक्छ बिशेष ध्यान दिनु पर्नेछ। अधिक परिश्रमका बाबजुत कार्यमा सफलता मिल्नेछ।

कुम्भ

नया कार्यको थालनी गर्ने शुभ अवसर मिल्नेछ। मानसिक व्यग्रतामा वृद्धि हुनेछ। आर्थिक कारोबार सकेसम्म भोलिको दिन नगर्नु होला। स्वास्थ्य अनुकुल रहेको छैन। इश्वर भक्ति भावमा लाग्नाले हरेक समस्या सरलता पुर्वक सम्पादन भएर जानेछ।

मिन

नया कार्यको थालनी गर्नका लागिमानसिक द्विविधाको बबजुत कुनै महत्वपुर्ण पनि निर्णय नलिनु होला। व्यवहारमा अचानक आएको परिवर्तनले उग्र रुप लिन सक्छ त्यसैले बिशेष सावधान रहनु पर्ने छ। स्वार्थरहित भावनाले अगाडी बढेको खण्डमा लाभ हुने छ।

प्रकाशित : आइतबार, चैत २४, २०७५१४:४१

भोलि चैत २६ गते मंगलवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !