#BREAKING – राप्रपा अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं ,  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञापनपत्र बुझाउँदै आन्दोलनको घोषणा गरेको राप्रपाले  हिन्दूराष्ट्र लगायत २२ बुँदे माग राखेर भृकुटीमण्डपमा धर्ना दिईरहेको थियो । प्रहरीले अध्यक्ष थापासहित नेता कार्यकर्तालाई पक्राउ गरेको हो । पुर्वघोषित आन्दोलनको क्रममा राप्रपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि पुतली सडकबाट अध्यक्ष थापालाई प्रहरीले गिरफ्तार गरेको हो ।

राप्रपाले हिन्दूराष्ट्र पुनस्र्थापना लगायत माग राख्दै चरणवद्ध आन्दोलन गर्दै आएको छ  ।

UPDATE: राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार प्रहरीले अध्यक्ष थापालाई १० मिनेट नियन्त्रणमा लिएको थियो त्यसपछि प्रदर्शनकारीले अध्यक्षलाई प्रहरी नियन्त्रणबाट छुटाएका थिए ।

प्रकाशित : सोमबार, चैत २५, २०७५०९:३५

आज रातिदेखि सीमा बन्द हुँदै