गुरु गोचरले राशी अनुरुप जीवनमा सकारात्मक र नकारात्मक दुवै प्रकारका फल दिने गर्छ। यो भन्दा पहिले बृहस्पति ग्रहको बारेमा जान्न जरुरी छ। ज्योतिष शास्त्र अनुसार बृहस्पति गृहलाई शुभ ग्रह मान्ने गरिन्छ। बृहस्पति गृहलाई देवताहरुको पनि गुरु मान्ने गरिन्छ। यो वृद्धि, ज्ञान, प्रचुरता र उदार भावको कारक ग्रह समेत हो। ज्योतिष शास्त्रका अनुसार बृहस्पति ग्रहले धनु र मिन राशीमा अधिपत्य जमाउने गर्दछ। जसको प्रभाव ब्यक्तिको वैवाहिक जीवनमा समेत पर्ने र धन सम्पतिमा वृद्धि समेत हुने गर्छ।
बृहस्पति ग्रह धनु राशिमा प्रवेश गरिसकेको छ । २२ अप्रिल साँझ ६;४२ मा वृश्चिक राशिमा प्रवेश गर्दैछ। यसका साथै २०१९ नोभेम्बर ५ मा बिहान ६ बजेर ४२ मिनेटमा बृहस्पति ग्रहले पुन धनु राशी मा नै प्रवेश गर्नेछ। गुरु बृहस्पतिको राशी परिवर्तनको प्रभाव १२ राशिमा नै पर्ने भएकाले हेर्नुहोस राशीफलको मध्ययामबाट बृहस्पति गोचरले जीवनमा हुने प्रभाव :
मेष
गुरु गोचर २०१९ ले मेष राशी भएकाहरुका लागि सकारात्मक प्रभाव पर्ने देखिन्छ। बृहस्पति ग्रह राशिको नवौ स्थानमा गएर बस्नेछ। जसले गर्दा परिवारमा सुख शान्ति छाउने , आर्थिक क्षेत्रमा सफलता मिल्ने , समाजमा मान सम्मानमा वृद्धि हुने , कार्य क्षेत्रमा मन उन्नति प्रगति हुने आदिको योग रहन्छ।
बृष
यस समयमा हुनेवाला गुरु गोचरले वृष राशी भएका हरुका लागि शुभ संकेत दिने देखिदैन। यस समयमा वृष राशी भएका हरुले अति नै सावधान अपनाउनु पर्ने देखिन्छ। गोचर तपाईको राशिको अष्टम भावमा हुने भएकाले यसले व्यवसायिक कार्यमा उतारचडावको स्थिति सिर्जना हुने , आकस्मिक दुर्घटना हुने , पाचन सम्बन्धी समस्याले सताउन सक्ने , आर्थिक हानिको सम्भावना आदि हुन सक्छ। त्यसैले गोचरको राशी परिवर्तनको क्रममा आध्यात्मिक क्षेत्रमा रुचि देखाउनाले केहि हद सम्म लाभ हुने देखिन्छ।
मिथुन
मिथुन राशी भएका हरुका गुरु गोचरले शुभ संकेत दिने छ। बृहस्पति ग्रह राशिको सातौं भागमा प्रवेश गर्ने भएकाले बैवाहिक क्षेत्रमा लाभ हुने , व्यवसायमा उन्नति हुनका साथै आर्थिक सफलता मिल्ने ,पारिवारिक माहोलमा खुसियाली छाउने तथा अन्य विविध क्षेत्रमा लाभ हुने देखिन्छ।
कर्कट
देवगुरु बृहस्पतिले कर्कट राशिको छैटौं भावमा प्रवेश गर्ने छ। कुण्डलीमा छैटौं भावले शत्रु , वाधा , रोग, पिडा आदिको बोध गराउदछ। कर्कट राशी भएका हरुका लागि यो ग्रह समस्याको कारक बन्न सक्छ। यस क्रममा सफलता पाउनका लागि लामो संघर्ष गर्नु पर्ने , शत्रुको गलत समयको फाइदा उठाउन सक्ने , अध्ययन अध्यापनको क्षेत्रमा खासै प्रगति नहुने , पारिवारिक एवम , दाम्पत्य जीवनमा मनमुटाव हुन सक्ने आदि समस्या उत्पन्न हुन सक्ने अधिक सम्भावना रहन्छ।
सिंह
सिंह राशिका व्यक्तिका लागिबृहस्पति यह गोचर सकारात्मक रहनेछ। यस समयमा परिश्रम गरे अनुरुपको सफलता मिल्ने , सामाजिक पद , प्रतिष्ठामा वृद्धि हुने , आर्थिक योजनाका कार्य हुने , चल , अचल सम्पतिमा वृद्धि हुने , आध्यात्मिक क्षेत्रमा झुकाव बढ्ने आदि हुन सक्छ। साथमा कार्य क्षेत्रमा सफलता मिल्ने , सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने योग रहन्छ।
कन्या
बृहस्पतिको गोचर कन्या राशी भएकाहरुका लागि कष्टदायी रहने छ। यस अवधिमा सोच विचार गरेर मात्र कार्यलाई अगाडी बढाऊदा राम्रो हुने देखिन्छ। यस समयमा वृहस्पतिले राशिको चतुर्थ स्थानमा प्रवेश गर्ने छ। कुण्डलीमा चौंथो भावले माता , चल ,अचल सम्पति , सुख , वाहन आदिको बोध गराउदछ। यस अवस्थामा पारिवारिक मनमुटाव हुने , आध्यात्मिक क्षेत्रमा मन नलाग्ने आदि जस्ता समस्या हुन सक्छ।
तुला
बृहस्पति ग्रहले तुला राशिको तृतीय भावमा गोचर गर्नेछ। यस समयमा विभिन्न प्रकारका चुनौतिको सामना गर्नु पर्ने हुन सक्छ। परिश्रम गरे अनुरुपको सफलता हात लागि नहुने , कार्यमा बाधा उत्पन्न हुने आदि जस्तासमस्या देखिन सक्छ। यसका साथै मानसिक अशान्ति रअस्थिरताको सामना गर्नुपर्ने हुन सक्छ।
वृश्चिक
गुरु वृहस्पतिले राशी परिवर्तनको क्रममा यी राशी भएकाको भाग्य वृद्धि हुनेछ। यसले कुण्डलीको द्वितीय भावमा प्रवेश गर्ने छ। या अवस्थामा आर्थिक अवस्थामा लाभ हुने , पारिवारिक सर सहयोग प्रसस्त मात्रामा पाइने। दमपटी जीवनमा खुसियाली छाउने , शत्रु परास्त गर्न सकिने आधि जस्ता समभावना रहने गर्दछ।
धनु
देव गुरु वृहस्पतिले यस अवस्थामा धनु राशिमा प्रवेश गर्नेछ। जसका कारण प्रेम तथा बैवाहिक क्षेत्रमा लाभ हुने , पढाई लेखिका कार्यमा उन्नति प्रगति हुने , रचनात्मक कार्यमा मन जाने आदि जस्ता स्थिति सिर्जना हुने छ।
मकर
गुरु गोचर वृहस्पतिको प्रभाव मकर राशी हुने हरुका लागि मध्यम फलदायी रहने छ। बृहस्पति ग्रहले यस अवस्थामा द्वादश भावमा गोचर गर्ने छ ,कुण्डलीमा १२ औं भावले व्यय र हानिको संकेत गर्दछ। धार्मिक कार्यमा मन लाग्नेछ , पारिवारिक वातावरण सुखमय रहनेछ। यस अवस्थामा यात्राको योग हुन सक्ने , आर्थिक नोकसनिको व्यहोर्नु पर्ने , जसका प्रभावले
कुम्भ
२०१९ मा धनु राशिमा प्रवेश गर्ने गुरु गोचर कुम्भ राशी भएकाहरुका लागी शुभ मानिन्छ। यस अवस्थामा गुरुले राशिको एकादश भावमा प्रवेश गर्नेछ। कुण्डलीमा एकादश भावले आय व्यय तथा अन्य कुराको लाभ दर्शाउने गर्छ। यस अवस्थामा आर्थिक लाभ हुन् , कार्य क्षेत्रमा सोचे अनुरुपको सफलता मिल्ने , स्वास्थ्य राम्रो रहने, जीवन साथी संगको साथ् सुमधुर रहने हुन सक्छ।
मीन
गुरु वृहस्पतिले यस समयमा मिन राशिको दशौँ भावमा प्रवेश गर्दै छ । दशौँ भावले व्यक्तिको कर्म क्षेत्रको बारेमा इंकित गर्नेछ। यस अवस्थामा स्वास्थ्यमा बिशेष सावधानी अपनाउनु पर्नेछ। यात्राको सम्भावना रहन सक्छ। आर्थिक पक्ष सबल र मजबुत हुनेछ। साथै पारिवारिक वातावरणमा समेत खुसियाली छुने उत्तम योग रहेको छ।