ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको जीवनमा शुक्र ग्रहलाई भौतिक सुख सुबिधाको कारक मान्ने गरिन्छ। हरेक ग्रहहरूले जस्तै शुक्र ग्रहले पनि जीवनमा सकारात्मक तथा नकारात्मक दुवै प्रकारको फल दिने गर्छ। व्यक्तिको स्वास्थ्य र सुन्दरतालाई पनि यस ग्रहले प्रभाव पार्ने गरेको छ। ज्योतिषशास्त्रका अनुसार जो व्यक्तिको कुण्डलीमा शुक्र ग्रह बलियो हुन्छ ति व्यक्तिहरु निकै नै आकर्षक हुने मान्यता रहेको छ। त्यसैले तपाई पनि आफ्नो कुण्डलीमा शुक्र ग्रहलाई मजबुत बनाई फल प्राप्त गर्न चाहनु हुन्छ भने अपनाउनुहोस् यी पांच उपायहरु, जसले तपाईलाई सफलताको शिखरमा पुर्याउन मदत गर्नेछ ।
सेतो रंग
शुक्रबारको दिन शुक्रलाई मन पर्ने सेतो रंगको कपडाको प्रयोग गर्नु उपयुक्त मानिन्छ। यस सके सम्म सेतो रंगको कपडा लगाउने प्रयास गर्नु पर्दछ।
दान कर्म
शुक्रबारको दिन सेतो रंगका चिज बस्तुको दान गर्नाले शुक्रको प्रभाव जीवनभर पर्ने सम्भावना रहन्छ।
शुक्रको दोष हटाउने
शुक्रबारको दिन धनकी देवी माता लक्ष्मीको पुजा आराधना गर्नाले शुक्रको दोष समाप्त भई माता लक्ष्मीको कृपा जीवनभर पर्ने देखिन्छ। यसका साथै पैसा संग सम्बन्धित हरेक समस्याको समाधान हुनेछ।
सर सफाईमा ध्यान
शुक्र ग्रहको प्रभाव पार्नका लागि शरीरका साथै घरायसी सर सफाइमा बिशेष ध्यान दिनु आवश्यक छ। यसो गर्नाले शुक्र ग्रहका कारण जीवनमा आइपर्ने हरेक समस्याबाट मुक्ति पाउन सकिन्छ। शुक्रको प्रसन्न पार्नका लागि सधै सफा कपडा लगाउनु पनि आवश्यक हुन्छ।
गाईलाई भोजन गराउने
शुक्र ग्रहको प्रभाव जीवनमा पाउनका लागि आफुले खाना खानु भन्दा खानाका केहि भाग गाई , काग या कुकुरलाई छुट्याएर राख्ने गर्नाले शुक्रको बिशेष कृपा जीवन भर पर्ने देखिन्छ।