भोलि चैत २९ गते शुक्रवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस भोलिको राशिफल

भोलि मिति २०७५ साल चैत्र महिनाको २९ गते शुक्रवार अर्थात् सन् २०१९ अप्रिल १२ तारिख तपाईको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको भोलिको राशिफल;

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

नयाँ कार्यको प्रारम्भ गर्ने अनुकुल समय रहेको छ। मानसिक द्विविधाले गर्दा महत्वपुर्ण निर्णय लिन नसकिएला।व्यापार व्यवसायको क्षेत्रमा प्रतिस्पर्धात्मक समय रहेको छ। महिलावर्गले बिशेषत भोलिको दिन बोलीमा बिशेष संयम रहन सकेको खण्डमा लाभ हुने देखिन्छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

अपेक्षा गरे अनुसारको नया कार्यमा सफलता हात लागि हुनेछैन। अनावश्यक बादबिवाद एवम मनमुटावमा नफस्दा नै राम्रो हुने छ। सिर्जनात्मक तथा रचनात्मक कार्यमा मन लाग्नेछ। भाई बन्धुको सम्बन्धमा प्रगाडता छाउने छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

परिवार तथा मित्रका साथमा मिष्ठान्न भोजनको शुभ अवसर मिल्नेछ। आर्थिक लाभ हुने सम्भावना रहेको छ। प्रियजनको भेटघाटले मन प्रफुल्लित हुने छ। स्वास्थ्य अनुकुल रहने छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

मानसिक अस्वस्थताको अनुभूति हुने छ। पारिवारिक कार्यको पछाडी धन खर्च हुनेछ। अनावश्यक झैँ , झमेलादेखि टाढा नै रहदा राम्रो होला। आरोग्य एवम धन हानिको सम्भावना रहेको छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

मानसिक द्विविधा उत्पन्न हुने छ। नयाँ कार्यको थालनी सकेसम्म भोलिको दिन नगर्दा नै राम्रो होला। स्त्री वर्गको तर्फबाट लाभ मिल्ने देखिन्छ। साथी भाईको साथमा यात्रा हुन सक्नेछ।व्यापार व्यवसायमा लाभ हुने छ। अचानक धनप्राप्तिको योग रहेको छ।समग्रमा भोलिको यहाको दिन सुखमय बित्ने छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिल्नेछ। नोकरीमा पदोन्नति हुने छ। कार्य क्षेत्रमा सहकर्मीको प्रसस्त सहयोग प्राप्त हुनेछ। स्वास्थ्य अनुकुल रहेको छ। सरकारी कार्य सम्पन्न भएर जानेछ। दाम्पत्यजीवनमा खुसियाली छाउने छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

बौद्धिक एवम लेखन कार्यमा सक्रियता बढ्नेछ। नयाँ कार्यको थालनी गर्नका निमित्त समय अनुकुल रहेको छ। नोकरी व्यवसायमा समय मध्यम रहनेछ। स्वास्थ्यमा अचानक परिवर्तन आउन सक्ने भएकाले बिशेष सावधानी अपनाउनु पर्ने छ। सन्तान सुख मिल्ने छैन।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

कुनै पनि महत्वपूर्ण कार्य थालनी गर्नुपुर्व गहन विचारका साथ अघि बढ्नु पर्ने देखिन्छ।अनावश्यक रुपमा खर्चको मात्रा बढेर जानेछ। स्वास्थ्यमा अचानक परिवर्तन आउन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनुपर्ने छ। सरकारी मुद्धा मामलामा नफस्दा नै राम्रो हुनेछ। भगवानको ध्यान , भक्ति एवम नाम स्मरण गरेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

मनोरन्जनात्मक कार्यमा दिन व्यतित हुनेछ। स्वस्दिष्ट भोजनको अवसर मिल्नेछ।बिचारमा अस्थिरता आउने छ। लेखन तथा साहित्य क्षेत्रमा मन लाग्नेछ। बैवाहिक सुखको अनुभूति हुने छ। सामाजिक क्षेत्रमा मान सम्मान मिल्नेछ। समग्रमा तपाईको भोलिको दिन सुखमय बित्नेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

व्यापार विस्तार भएर जानेछ। आर्थिक कारोबारका लागि समय अनुकुल रहेको छ। घरमा सुख , शान्तिको वातावारण छाउने छ। महत्वपुर्ण कार्यको पछाडी धन खर्च हुन सक्नेछ। स्वास्थ्य अनुकुल रहने छ। शत्रु परास्त भएर जानेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

नयाँ कार्यको शुभारम्भ गर्नका निमित्त समय त्यति अनुकुल रहेको छैन। यथासम्भव यात्रामा ननिस्कदा नै राम्रो हुनेछ।बौद्धिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आकस्मिक खर्चको मात्रा बढ्ने सम्भावना रहेको छ। पेटसंग सम्बन्धित समस्याले सताउन सक्छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

परिवारका साथमा अनावश्यक मनमुटाव हुन सक्ने सम्भावना रहेको छ। माताको स्वास्थ्यमा परिवर्तन आउन सक्नेछ। शारीरिक एवम मानसिक स्वास्थ्य बिग्रने छ। धन एवम मान हानी हुन सक्नेछ। सकेसम्म भोलिको दिन आर्थिक कारोवारका कार्य नगर्दा नै राम्रो हुने छ।

प्रकाशित : बिहिबार, चैत २८, २०७५१४:३७

आज चैत २९ गते शुक्रवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल