ह्वातै घट्यो सुनचाँदीको मुल्य!

काठमाडौँ, चैत्र २९ ।  नेपाली बजारमा आज साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा एक्कासी ५ सय रुपैयाले घटेको छ ।

बिहिबार  प्रतितोला  ६० हजार १ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज ५९ हजार ६ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजावी सुनको मुल्य  प्रतितोला ५९  हजार ३ सय रुपैयामा किनबेच भइरहेको छ । गत मंगलबार  यता सुनको मुल्य लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले घटेको छ ।  बिहिबार प्रतितोला ७ सय ३० रुपैयामा कायम रहेको चाँदीको मुल्य तोलामा ७ सय  २० रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको  छ ।

प्रकाशित : शुक्रबार, चैत २९, २०७५०६:४०

एकै परिवारका चार भाइ चोरीमा सक्रिय !