भोलि २०७५ सालको अन्तिम दिन ! तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् वर्षको अन्तिम दिनको राशिफल !

भोलि मिति २०७५ चैत महिनाको अन्तिम दिन अर्थात् शनिबार सोहि अनुसार सन् २०१९ अप्रिल १३ तारिख तपाईको दिन, हेर्नुहोस तपाईको भोलिको  राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मानसिक व्यग्रता र शारीरिक अस्वस्थताको सामना गर्नुपर्ने छ । बिद्यार्थी बर्गका लागि पढाई लेखाईको सन्दर्भमा समय मध्यम   रहने छ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिदैन । सामाजिक रुपमा मान हानी हुन सक्ला बिशेष सावधानी अपनाउनु पर्ने छ ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

स्वास्थ्य अनुकुल रहने छ । पारिवारिक वातावरणमा खुसियाली छाउने छ । सोचेका  हरेक कार्यमा सफलता मिल्नेछ । भाग्योदय हुने अधिक सम्भावना रहेको छ । प्रियजनसंगको भेटघाट हुन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा नसोचेको लाभ हुने देखिन्छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

निर्धारित समयमा नै सोचेका हरेक कार्य सम्पादन भएर जानेछ । आर्थिक आयोजनाका कार्यहरु सफल भएर जानेछ । बिद्यार्थीको लागि समय मध्यम रहेको छ । आय आर्जनका प्रसस्तै स्रोतहरु खुलेर जानेछ । नोकरी व्यवसायमा लाभ हुने देखिन्छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

इष्टमित्र एवम परिवारका साथमा दिन सुखमय रहला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ । छोटो दुरीको यात्रा हुने सम्भावना रहेको छ ।  मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्ला । अचानक धन लाभ हुनेछ । दाम्पत्यजीवनमा घनिष्टताको अनुभूति हुने छ ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

शारीरिक एवम मानसिक अस्वस्थताको सामना गर्नु पर्ने छ । अनावश्यक बादबिवादमा सहभागी नहुदा नै तपाईको लागि कल्याण हुनेछ । आम्दानीको तुलनामा खर्चको  मात्रामा वृद्धि भएर जानेछ । इष्टदेवको पुजा आराधना गर्नाले बिशेष लाभ हुने देखिन्छ ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

व्यापार व्यवसायमा विस्तार भएर जानुका साथै आयमा पनि वृद्धि हुनेछ । नोकरीमा लाभ हुने देखिन्छ ।वैवाहिक सम्बन्धमा सुखानुभूति हुने छ । साथी संगीको साथमा पर्यटनको योग रहेको छ । स्त्री को तर्फबाट बिशेष लाभ हुने छ । सन्तानको सुखको समाचार सुन्न पाइने छ ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

पारिवारिक वातावारणमा खुसियाली छुने छ । ब्यापारमा वृद्धि हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ । माताको तर्फबाट प्रसस्त लाभ मिल्नेछ । कार्यमा सहकर्मीको साथ् र सहयोग भरपुर मात्रामा पाइनेछ । स्वास्थ्य अनुकुल रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

मनमा अधिक मात्रामा नकारात्मकता हाबी हाबी हुनाले सोचे अनुरुपको लाभ उठाउन नसकिएला । सहयोगीले साथ छोड्न सक्छन ।मानसिक अस्थिरता हुनका कारण अनावश्यक वादविवादमा फस्न सकिने छ सवाधना रहनुहोला । विदेश यात्राको लागि समय अनुकुल रहेको छ ।सन्तान सुख मिल्ने छैन । स्वास्थ्य सामान्य रहने छ ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

वाणी एवम व्यवहारमा संयमित हुनु पर्नेछ । सामान्य रुघाखोकीको समस्या देखिन सक्छ । खर्चको मात्रामा वृद्धि भएर जानेछ । यात्राको अवसर मिल्नेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

परिवार तथा इष्टमित्रका साथमा समय आनन्दपूर्वक बित्ने छ । ब्यापारमा वृद्धि भएर जानेछ । सहकर्मीको साथ् सहयोग मिल्नेछ । सार्वजनिक क्षेत्रमा मान सम्मानमा वृद्धि भएर जानेछ । यात्राको समभावना रहेको छ । समग्रमा मकर राशी हुनेहरुका लागि भोलिको दिन शुभ लाभदायक साबित हुने छ ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

अपेक्षागरे अनुरुप कार्यमा यश किर्ति तथा सफलता मिल्नेछ । परिवारमा खुसियाली छाउने छ । नोकरी ब्यवास्यमा सहकर्मीको साथ् मिल्नेछ । महत्वपुर्ण कार्यको पछाडी धन खर्च भएर जानेछ । प्रतिष्पर्धाका बिचमा पनि सफलता हासिल गर्न सकिने छ ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

साहित्य लेखन कार्यमा आफ्नो सिर्जनात्मक कला देखाउने समय रहेको छ । बिद्यार्थी वर्गका लागि दिन अनुकुल रहेको छ । प्रियजनको भेटघाटमा नै समय व्यतित हुनेछ । आर्थिक कारोवारका लागि पनि उत्तम समय रहेको छ । समग्रमा तपाईको भोलिको  दिनलाई फलदायी नै मान्न सकिन्छ ।

प्रकाशित : शुक्रबार, चैत २९, २०७५१२:५०

भोली नयाँ बर्षको पहिलो दिन , तपाई ग्रह दशा कस्तो छ ? भोलिको राशिफल हेर्नुहोस्