लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा ४ जनाकाे मृत्यु

काठमाडौं, लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा ४ जनाकाे मृत्यु भएको छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानालले घटनाको पुष्टि गरेका छन्, घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ। समिट एयरकाे जहाजमाे करिब १६ यात्रु सवार रहेकाे प्रारम्भिक विवरण आएकाे छ ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टरमा प्रहरी टोली गएर उद्धार कार्य जारी रहेकाे छ ।

लुक्ला विमानस्थल विश्वकै खतरनाक विमानस्थलहरुमध्येमा एक हो ।

 

प्रकाशित : आइतबार, बैशाख ०१, २०७६०४:३८

स्कुल बसले किचेर शिक्षिकाको मृत्यु , छोरा सकुशल !