भोलिको नेपाल बन्द !

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) ले वैशाख ५ गते आह्वान गरेको नेपाल बन्द सफल पार्न आम जनसमुदायलाई अपिल गरेको छ।

मंगलबार नेकपाले एक अपिल पत्र जारी गरि देशभक्त, गणतन्त्रवादी र सच्चा लोकतन्त्रवादीहरूलाई बन्द सफल पार्न सहयोग गर्न आग्रह गरेको हो।

‘केपी सरकारको अति अत्याचार सहन नसकेर उसको प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाइ, झूट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघातका विरुद्ध बाध्य भई यही वैशाख ५ गते नेपाल बन्द गरेका छौँ । उक्त दिन सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द गरौँ । अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरौँ ।’ नेकपाको केन्द्रीय कार्यालयद्वारा प्रकाशित अपिलमा भनिएको छ।

नेकपाले ओली सरकारको प्रतिबन्धबिरुद्ध घोषित चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत वैशाख ५ गते नेपाल बन्दको आयोजना गरेको थियो।

संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र ५ गते नेपाल बन्दको आयोजना गरेको हो।

प्रकाशित : बुधबार, बैशाख ०४, २०७६१२:५७

१४ को विभत्स हत्या : गुडिरहेको बसलाई रोकी यात्रुलाई बाहिर निकालेर भटाभट गोली हानियो !