आफन्तको विवाहमा जाने क्रममा इन्जेक्सन लगाई ७ जना मिलेर बलात्कार ! ६ जना पक्राउ, १ फरार !

सांकेतिक तस्बिर

काठमाडौँ – एक किशोरीमाथि सामूहिक बलात्कार गर्ने ६ जनालाई कैलालीबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ का केशव भनेर चिनिने राकेश गिरी,रुपेश चौधरी,लक्ष्मण रावल,हिमराज क्षेत्री,नरेन्द्र बिक र नवीन शाही रहेका छन् ।

घोडाघोडी नगरपालिका –४ घोडाघोडीमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आफन्तको विवाहमा जाने क्रममा किशोरी माथि सामूहिक बलात्कार भएको थियो। घोडाघोडीको जङ्गलमा ७ जनाको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेको भन्दै उजुरी परेपछि ६ जनालाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार अझै फरार रहेका १ को खोजि भैरहेको छ। पिडित किशोरीको घोडाघोडी अस्पताल र नेपालगन्जमा उपचार हुन नसकेपछि काठमाडौमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

प्रकाशित : आइतबार, बैशाख ०८, २०७६१०:४६

बसको ठक्करबाट एकको मृत्यु ! ठक्कर दिएर बस र चालक फरार !