आज वैशाख ९ गते ! तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल !

आज मिति बिक्रम संवत २०७६ साल बैशाख महिनाको ९ गते सोमबार तदनुसार सन् २०१९ अप्रिल २२ तारिख तपाईको दिन कस्तो रहला ,हेर्नुहोस तपाईको आजको  राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

बाणी र व्यवहार प्रति संयम रहनुपर्ने छ। यात्रा गर्दा बिशेष सावधानी अपनाउनु पर्ने छ।  महत्वपूर्ण कार्य थालनी गर्न सकिने छ।  आध्यात्मिक सिद्धि प्राप्त गर्ने योग रहेको छ। समग्रमा मेष राशी हुने हरुका लागि आजको दिन मिश्र फलदायी रहने छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

शारीरिक स्फूर्ति बढ्नेछ। मानसिक रुपमा प्रसन्नताको अनुभूति हुने छ। परिवारका साथमा दिन व्यतित हुनेछ। सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  विदेश स्थित आफन्तजनबाट सुभ समाचार सुन्न पाइने छ।  दाम्पत्य जीवनमा अधिक सुख सन्तुष्टि मिल्नेछ।

  मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

कार्यमा सफलता मिल्नाका साथै सामाजिक रुपमा यश किर्ति मिल्ने सम्भावना रहेको छ। पारिवारिक वातावारणमा खुसियाली छाउने छ।  अनावश्यक खर्च हुने छैन।  आर्थिक लाभको सम्भावना रहेको छ।  अधुरा रहेका कार्यहरु सहि समयमा नै सम्पादन भएर जानेछ। स्वास्थ्य अनुकुल रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ।  सन्तान सुख मिल्ने छैन।  आकस्मिक धन खर्च हुने योग रहेको छ।  बादबिवादमा फसिने छ।  सकेसम्म बौद्धिक क्षेत्रमा सहभगी नहुदा नै लाभ हुने देखिन्छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

स्वास्थ्यमा बिशेष ध्यान दिनु पर्नेछ। परिवारमा अनावश्यक झैँ झगडा हुन सक्ने छ।  बिचारमा नकारात्मकता हाबी हुने छ।  बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बोल्दा बिशेष सावधानी अपनाउनु पर्ने छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

शारीरिक तथा मानसिक स्वस्थताकोअनुभूति हुनेछ। अपेक्षा गरे अनुसार कार्यमा सफलता मिल्नेछ।  बोलीको प्रभाव बढ्नेछ।  आध्यात्मिक सिद्धि प्राप्त गर्न सकिने समय रहेको छ।  नोकरी व्यवसायको क्षेत्रमा उचित लाभ मिल्ने सम्भावना रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

मानसिक द्विविधा उत्पन्न हुनाले महत्वपुर्ण निर्णय लिन सकिने छैन। नया कार्य प्रारम्भ गर्ने उचित समय रहेको छैन। अनावश्यक रुपमा पारिवारिक मतभेद हुने सम्भावना रहेकोछ। आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा बिशेष ख्याल राख्नु पर्ने छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

शारीरिक तथा मानसिक स्वस्थताको अनुभूति हुनेछ। पारिवारमा सुख शान्तिको वातावरण रहने छ।  प्रियजनसंग भेट हुने अवसर मिल्नेछ।  रमणीय स्थलमा भ्रमण गर्ने शुभ अवसर मिल्नेछ।

  धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

बोलीमा संयमितता रहनु पर्ने छ।  अनावश्यक बादविवादमा फस्ने समय रहेको छ।  मानसिक चिन्ताले सताउला। स्वास्थ्य अनुकुल रहेको छैन।  इश्वर भक्ति तथा अध्यात्ममा मन लगाऊनाले सबै समस्याबाट मुक्ति पाउन सकिन्छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

इष्टमित्र तथा परिवारको प्रसस्त साथ सहयोग मिल्नेछ। वैवाहिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ।  व्यापार व्यवसायको क्षेत्रमा लाभ मिल्नेछ। सुखद यात्राको सम्भावना रहेको छ।  नया बस्तु खरिद गर्ने सम्भावना रहेको छ।  आवश्यक कार्यको पछाडी धन खर्च हुने छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ। व्यवसायिक क्षेत्रमा सफलता मिल्नेछ।  कार्यमा सहकर्मीको साथ् सहयोग प्राप्त हुने छ।  सामाजिक मान सम्मानमा वृद्धि हुनेछ।  कार्य सरलतापुर्वक सम्पादन भएर जानेछ। समग्रमा कुम्भ राशी भएकाहरुका लागि आजको दिन शुभ फलदायी रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

व्यापार व्यवसायको क्षेत्रमा अवरोध पैदा हुन सक्नेछ। स्वास्थ्यमा अचानक आएको परिवर्तनले केहि निराश हुनुपर्ने छ। शत्रुले  गलत समयको फाइदा उठाउन सक्छन सावधान रहनुहोला। अनावश्यक बादविवादमा फस्ने सम्भावना रहेको छ। भगवानको ध्यान भक्तिमा लाग्नाले बिशेष फाइदा हुने देखिन्छ।

प्रकाशित : आइतबार, बैशाख ०८, २०७६१३:००

भोलि वैशाख ९ गते ! तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !