भोलि मिति बिक्रम संवत २०७६ साल बैशाख महिनाको १० गते मंगलवार तदनुसार सन् २०१९ अप्रिल २३ तारिख तपाईको दिन कस्तो रहला ,हेर्नुहोस तपाईको भोलिको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
नया कार्यको थालनी गर्ने सु अवसर मिल्नेछ। बाणी र व्यवहारमा संयमित रहनुपर्ने छ। स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्ने छ। व्यवसायिक क्षेत्रम लाभ मिल्नेछ। सन्तान सुख मिल्नेछैन।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
प्रियजनको भेटघाटले मनमा प्रसन्नता छाउनेछ। पर्यटन तथा प्रबासको सम्भावना रहेको छ। तर मध्यान्ह पश्चात भने बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बिशेष ध्यान दिनु पर्नेछ। स्वास्थ्य अनुकुल रहेको छ। आध्यात्मिक क्षेत्रमा मन जानेछ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ। कार्यालयमा सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ। साथीभाईका साथमा घुम्न जाने अवसर मिल्नेछ। स्वादिष्ट भोजन मिल्नेछ। समग्रमा तपाईको भोलिको दिन मनोरन्जनात्मक कार्यमा नै व्यतित हुनेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
परिश्रम गरे अनुरुप कार्यमा सफलता मिल्नेछ। पेट सम्बन्धि समस्याले सताउने छ। बिद्यार्थीवर्गका लागि बिध्यभ्यासमा सफलता मिल्नेछ। मध्यान्ह पश्चात भने स्वास्थ्य अनुकुल रहने छ। अधुरा रहेका कार्यहरु समयमा नै पूर्ण भएर जानेछ।
सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)
शारीरिक अस्वस्थताको शिकार भइनेछ। मानसिक अशान्तिले सताउने छ। अनावश्यक रुपमा खर्चको मात्रामा वृद्धि भएर जानेछ। सन्तान सुख मिल्नेछैन। बौद्धिक कार्यमा सकेसम्म सहभागी नहुदा नै लाभ हुनेछ। आर्थिक आयोजनाको लागि समय अनुकुल रहेको छ।
कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)
साथी संगी तथा परिवारको साथ मिल्नेछ। भाग्योदयको योग रहेको छ। मध्यान्ह पश्चात भने केहि मानसिक चिन्ताले सताउला। शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रने सम्भावना रहेको छ। माताको स्वास्थ्यमा अचानक परिवर्तन आउनाले केहि चिन्तित हुनु पर्नेछ।
तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)
शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। परिवारमा अनावश्यक रुपमा झैँ झगडा हुन सक्छ बिशेष ख्याल राख्नु पर्नेछ। नया कार्यको थालनी गर्ने शुभ अवसर मिल्नेछ। आर्थिक लाभ हुने सम्भावना रहेको छ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)
परिवारका साथमा सुखमय समय व्यतित हुनेछ।कार्यमा सोचे अनुरुप सफलता मिल्नाले मानसिक सन्तुष्टि प्राप्त हुनेछ। शुभ समाचार सुन्न पाइने छ। अनावाश्य खर्च हुनबाट सावधान रहनु पर्नेछ। स्वास्थ्य अनुकुल रहेको छैन। बिद्यार्थीवर्गका लागि पढाई लेखाईको क्षेत्रमा खासै सफलता मिल्ने छैन।
धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)
आवश्यक क्षेत्रमा धन खर्च हुनेछ। मनोरन्जनात्मक क्षेत्रमा मन जानेछ। स्वास्थ्य अनुकुल रहेको छ। व्यापार व्यवसायको क्षेत्रमा लाभ मिल्नेछ। पारिवारिक वातावरण सुखमय रहने छ। परिवार तथा इष्टमित्रका साथमा स्वादिष्ट भोजनको अनुभूति हुनेछ।
मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)
पुत्र एवम पत्नीको तर्फबाट लाभ मिल्नेछ। संसारिक सुखानुभूति हुनेछ। मध्याहन पश्चातको समयमा भने शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ। बोलीमा संयमितता अपनाउनु पर्नेछ। मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च हुनेछ। सामाजिक क्षेत्रमा मान हानी हुन सक्ने सम्भावना रहेको छ।
कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)
व्यापार व्यवसायको क्षेत्रमा लाभदायक समय रहेको छ। नोकरी क्षेत्रमा पदोन्नति हुने योग रहेको छ। कार्यक्षेत्रमा सहकर्मीको प्रसस्त साथ् र सहयोग प्राप्त हुनेछ। स्वास्थ्य अनुकुल रहेको छ। प्रियजन संग भेट हुनेछ। सन्तान सुख मिल्ने छ। समग्रमा तपाईको लागि भोलिको दिन शुभ फलदायी साबित हुनेछ।
मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)
साहित्य लेखन कार्यमा रुचि बढ्नेछ। नया कार्यको शुभारम्भ गर्ने शुभ अवसर मिल्नेछ। धार्मिक यात्राको योग रहेको छ। स्वास्थ्य अनुकुल रहेको छ। आर्थिक लाभ हुनेछ। परिवारमा हर्सोल्लास छाउने छ। दाम्पत्य जीवनमा सुखानुभूति हुनेछ।