बसको ठक्करबाट एकको मृत्यु ! ठक्कर दिएर बस र चालक फरार !

सांकेतिक तस्विर।

काठमाडौँ, तारकेश्वर नगरपालिका–८ नेपालटार डाँडागाउँस्थित बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भएकी ५८ वर्षीय देवकी परियार रहेको छ । बा३ख ५६२९ नंको बसको ठक्करबाट गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा आइतबार राति त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्कर दिएर फरार भएको बस र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : सोमबार, बैशाख ०९, २०७६१५:०७

गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएको महाभूकम्पको स्मृतिमा भोलि सार्वजनिक बिदा !