पोखरीमा डुबेर दाजुभाईका ४ छोरीको मृत्यु !

काठमाडौँ : बिहीवार बिहान् पोखरीमा नुहाउने क्रममा डुबेर एकै परिवारका ४ बालिकाको मृत्यु भएको छ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउन गएका ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुनको डुबेर मृत्यु भएको हो।

बिहान करिब ११ बजे नुहाउन पोखरीमा पुगेका उनीहरुको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले जानकरी दिए।

गर्मिको समय भएकाले अन्य दिनसमेत त्यस पोखरीमा नहुन जाने गरेका उनीहरु बिहिबार भने डुबेको देखेपछि वडाअध्यक्षले स्थानीयलाई खबर गरि उद्धार गरिएकोमा सबैको मृत्यु भएको हो।

मृतक ४ जना बालिकाहरु आफ्नै दाजुभाईका छोरि रहेको बताइएको छ।

प्रकाशित : बिहिबार, बैशाख १२, २०७६१५:०८

जन्मजातै अपांग जन्मिएका छोरा २२ वर्ष पुगेपछि आफ्नै बावुले गरे हत्या !