भोलि बिक्रम संवत २०७६ साल बैशाख महिनाको १४ गते शनिवार तदअनुसार सन् २०१९ अप्रिल २७ तारिख , तपाईको दिन कसरी बित्ला हेर्नुहोस तपाईको भोलिको राशिफल !
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
व्यापार व्यवसायको क्षेत्रमा लाभ हुने देखिन्छ। घरायसी वातावारणमा रोमान्चककारी समय व्यतित हुने छ। महत्वपूर्ण कार्यको लागि बाहिरको यात्रा हुन सक्नेछ। सरकारी कार्यमा लाभ मिल्नेछ। शारिरीक थकानको अनुभूति हुनेछ। माताको तर्फबाट अधिक लाभ हुने सम्भावना रहेको छ।समग्रमा तपाईको लागि भोलिको दिन मिश्र फलदायी रहने छ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
नया कार्यको शुभारम्भ गर्ने उपयुक्त समय रहेको छ। धार्मिक कार्यमा रुचि बढेर जानेछ। लामो यात्रा हुने सम्भावना रहेको छ। विदेश यात्रा शुभ रहने छ। व्यवसायमा आर्थिक लाभ हुन सक्ने छ। स्वास्थ्य सामान्य रहेको छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
निषेधात्मक विचारप्रति सजक रहनु पर्नेछ। खर्चको मात्रामा वृद्धि भएर जानेछ। आर्थिक समस्या झेल्नु पर्ने छ। आध्यात्म तथा धार्मिक कार्यमा मन लगाऊनाले बिशेष लाभ हुने छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
मनोरन्जनात्मक कार्यमा मन जानेछ। व्यवसायिक क्षेत्रमा अधिक लाभ हुने सम्भावना रहेको छ। स्वास्थ्य अनुकुल रहने छ। सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। यात्राको सम्भावना रहेको छ।
सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)
पारिवारिक सदस्यका साथमा अनावश्यक मनमुटाव हुन सक्ने भएकाले बोल्दा बिशेष ख्याल गर्नु पर्ने छ। स्वास्थ्यमा खराबी पैदा हुनाले हुनाले दैनिक कार्यमा बाधा उत्पन्न हुन सक्नेछ। परिश्रम गरेअनुरुपको सफलता हात लागी हुने छैन। सन्तान सुख मिल्ने छैन। समग्रमा तपाईको भोलिको दिन मिश्र फलदायी हुने छ।
कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)
अनावश्यक मनमुटावमा फस्ने सम्भावना रहेको छ। आकस्मिक खर्चको सम्भावना रहेको छ। बिद्यार्थीको पढाईमा बाधा आउन सक्नेछ। पेट सम्बन्धी समस्याले सताउने छ। भोलिको दिन सकेसम्म आर्थिक कारोबार नगर्दा नै राम्रो हुने छ।
तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)
मानसिक चिन्ताले सताउनेछ। अनावश्यक रुपमा खर्चको मात्रा बढेर जानेछ।सामाजिक क्षेत्रमा मान हानी हुन सक्ने सम्भावना रहेकाले बिशेष सावधान रहनु होला। माताको स्वास्थ्य सम्बन्धी समस्याले गर्दा चिन्तित हुनुपर्ने छ। इश्वर भक्ति भावमा लाग्नाले बिशेस लाभ हुने देखिन्छ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)
नया कार्यको प्रारम्भ गर्ने सुअवसर मिल्नेछ। इष्टमित्रका तर्फबाट सुख शान्ति प्राप्त हुनेछ। अपेक्षा गरे अनुरुप हरेक कार्यमा सफलता मिल्नेछ। आर्थिक लाभ एवम भाग्योदयको योग रहेको छ। भाई बहिनीको तर्फबाट लाभ मिल्नेछ। प्रतिष्पर्धाका बिचमा पनि विजय प्राप्त गर्ने समय रहेको छ ।
धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)
मानसिक तनावका कारणले गर्दा कार्यमा सोचे अनुरुपको सफलता मिल्ने छैन। परिवारका साथमा मनमुटाव हुन सक्ने छ सावधान रहनुहोला। कार्यभार बढ्ने छ। अनावश्यक रुपमा खर्चको मात्रामा वृद्धि भएर जानेछ।समग्रमा तपाईको भोलिको दिन मिश्र फलदायी रहेको छ।
मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)
स्वास्थ्य अनुकुल रहनाले हरेक कार्य सफलता पुर्वक सम्पन्न भएर जानेछ। कार्यालय तथा व्यवसायिक क्षेत्रमा लाभ प्राप्त हुनेछ। पारिवारिक जीवन आनन्दमय बित्नेछ। नोकरीमा पदोन्नतिको योग रहेको छ। मानसिक शान्ति प्राप्त हुने छ। प्रियजन संगको भेटघाटमा दिन बित्ने छ।
कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)
शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइनेछ। अनावश्यक क्षेत्रमा खर्च हुने सम्भावना रहेको छ। रिसलाई थोरैकबुमा राख्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।
मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)
परिवारका साथमा आनन्ददायी समय व्यतित हुने छ। सामाजिक कार्यमा सहभागी हुने सम्भावना रहेको छ। अचानक मित्र भेट हुन सक्नेछ। रमणीय स्थानमा यात्रा हुन सक्नेछ। हरेक कार्यमा सफलता हात लागि हुनेछ। दाम्पत्य सुख को अनुभूति हुनेछ।