भन्सार कर्मचारी रमिते बनेपछि नुनदेखि सुनसम्म सेटिङमा, तस्करीलाई प्रहरीकै सहयाेग

जनकपुरधाम – सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ । भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ ।

धनुषाको विदेह नगरपालिका—१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ लाखभन्दा बढीको सामान बरामद ग-यो । स्थानीय नवलकिशोर रायको घरमा तस्करी गरी भन्सार छली ल्याइएको कपडा, भाँडावर्तन, खाद्यसामग्रीसहितका ३२ वटा पोका बरामद भएको थियो । नजिकैको सशस्त्र प्रहरी पोस्ट अनभिज्ञ भयो ।  मनिसा झाले अन्नपूर्णमा समाचार लेखेकी छन्

गत चैत १५ गते भन्सारका केही कर्मचारी हंसपुर नगरपालिका—८ मा तस्करीको सामान नियन्त्रण गर्न पुगे । सशस्त्र प्रहरी बेसक्याम्प सोनीगामा भन्दा ५ सय मिटर दुरीमा मोटरसाइकलबाट तस्करीका सामान लगिरहेको समूहलाई कर्मचारीले रोके । चारजना मात्र रहेका भन्सार कर्मचारीलाई तस्कर समूहले घेराबन्दीमा पा-यो । घरेलु हतियार देखाएर कर्मचारीलाई तर्साउँदै तस्करले सबै सामान लुटेर लगे ।

कर्मचारीले सामान लुटिँदै गरेको भिडियो मोबाइलमा कैद गर्नुबाहेक अरू केही गर्न सकेनन् । नजिकै रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा खबर गरेको एक घन्टापछि दुईजना प्रहरी कर्मचारी आइपुगे । त्यतिन्जेलसम्म तस्करले कुलेलम ठोकेका थिए । ।

प्रकाशित : शनिबार, बैशाख १४, २०७६०२:३९

‘विवाह गर्छु भनी झुठो बोलेर यौन सम्पर्क राखे बलात्कारको मुद्दा’