जीवनमा आइपर्ने प्रलय अगाडी देखिन सक्छन् यस्ता सङ्केत ! [धार्मिक विश्वास]

कुनै कुनै समयमा हाम्रो जीवनमा यस्ता घटना घट्ने गर्छन जुन हामीले नसोचेकै समयमा पनि हुने गर्दछ। तर विभिन्न धर्म तथा अध्यात्मका अनुसार जीवनमा नराम्रो समय सुरु हुनु भन्दा केहि समय अगाडी कुनै न कुनै कुराले संकेत गर्ने गर्दछ। तर हामी यस्ता कुराहरुलाई हामीले सामान्य सम्झेर बेवास्ता पनि गरिरहेका हुन्छौं , पछुताउनु पर्ने स्थिति पनि सिर्जना हुन्छ।

आज हामी एक यस्तो जानकरी दिन जादैछौं जुन तपाई हाम्रो लागि प्रभावकारी हुन सक्छ, यी संकेतहरु जसले जीवनको नराम्रो समय सुरु हुन लागेको संकेत गर्छ , आउनुहोस ,

घरको घडी अचानक बन्द हुनु

अचानक घडी चल्न बन्द हुनुलाई पनि अशुभ संकेत मान्ने गरिन्छ।यसले जीवनमा नराम्रो समय सुरुवात हुन लागेको इशारा गर्दछ। यदि घरको घडी बेलाबेलामा बन्द हुनु तथा मिलाउदा पनि सहि समय नदेखाएको खण्डमा बिशेष सावधानी अपनाउनु पर्ने हुन्छ।

दुध पोखिनु

उमालेको समयमा दुध पोखिनुलाई अशुभ मान्ने गरिन्छ।  यसले बर्वादीको संकेत गर्दछ। साथमा सामान्य अवस्थामा पनि दुध पोखिनुलाई अशुभ मानिन्छ।  त्यसैले हरेक समय सावधान रहन आवश्यक छ।

काँचको सामान फुट्नु

यदि किचनमा राखिएको काँचका भाँडा फुटेको छ भने जान्नुहोस तपाईको जीवनमा आर्थिक संकट र अन्य समस्याहरु देखिदै छ।

शुभ कार्यमा व्यवधान उत्पन्न हुनु

घरमा यदि कुनै पनि शुभ कार्यको आयोजना गर्दा विभिन्न प्रकारका बाधा व्यवधान उत्पन्न भएमा यसले अशुभ संकेत गर्दछ।त्यसैले यस्तो भएको अवस्थामा घरमा बिशेष पुजाको आयोजना गर्नु आवश्यक रहेको छ।

घरको प्लास्टर उप्किनु

घरको छतको प्लास्टर उप्किनु या फुत्नुलाई पनि अशुभ मान्ने गरिन्छ।  यस्तो संकेतले आउन लागेको अशुभ समय दर्शाउछ।  त्यसैले यस्ता सानातिना कुरामा पनि बिशेष सावधानी अपनाउन सकेको अवस्थामा बिशेष लाभ मिल्ने देखिन्छ।

प्रकाशित : आइतबार, बैशाख १५, २०७६१५:१२

भोलि बुधबार: यी सामग्री सहित भगवान गणेशको पूजा गरे कहिल्यै हुँदैन धनको कमि!