भोलि बैशाख १७ गते, वरुथिनी एकादशी व्रत ! तपाइको दिन कस्तो रहला ?

भोलि मिति बिक्रम संवत २०७६ बैशाख महिनाको १७ गते मंगलवार तद अनुसार सन् २०१९ अप्रिल ३० तारिख तपाईको दिन कस्तो रहला हेर्नुहोस तपाईको भोलिको राशिफल

मेष

अधिकांश समय सामाजिक कार्य तथा साथीभाईको साथमा व्यतित हुने छ।  खर्चको मात्रा बढेर जानेछ।  ठुलाबडाको आशिर्वाद पाइने छ।  आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ।  सन्तान सुख मिल्ने छ।  यात्राको सम्भावना समेत रहेको छ।

वृष

नोकरीमा पदोन्नतिको योग रहेको छ।  कार्यमा सफलता मिल्नेछ।  सरकारी क्षेत्रबाट लाभ मिल्ने देखिन्छ।  अधुरा रहेका कार्य पूर्ण भएर जानेछ।  नया कर्यको शुभारम्भ गर्नका लागि सु -अवसर मिल्नेछ। धन तथा मान सम्मान प्राप्त हुनेछ।  पारिवारिक वातावारण सुखमय रहने छ।

मिथुन 

अचानक स्वास्थ्यमा आएको परिवर्तनको कारणले गर्दा मनमा हौसलाको अभाव देखिने छ।  नोकरी  व्यवसायको क्षेत्रमा खासै प्रगति हुने देखिदैन।  सन्तान सुखको अनुभूति हुने छैन।  पिताको तर्फबाट लाभ मिल्ने छैन।  अनावश्यक बादबिवादात्मक कार्यक्रममा सहभागी नहुदा नै राम्रो हुने देखिन्छ।

कर्कट 

मनमा नकारात्मकता छाउने छ।  स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ।  बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बोल्दा विचार पुर्याउनु पर्ने छ।  आर्थिक संकट देखिन सक्छ।  आध्यात्ममा मन लगाउनाले बिशेष फाइदा पुग्ने देखिन्छ।

सिंह 

मनोरन्जनात्मक कार्यको पछाडी दिन बित्ने छ।  जीवनसाथीको स्वास्थ्यमा समस्या देखिन सक्छ।  कुनै पनि कार्य गर्नु पुर्व धैर्यता पुर्वक गर्नुपर्ने छ। सार्वजनिक तथा सामाजिक क्षेत्रमा सफलता कम मिल्नेछ।  समग्रमा सिंह राशी हुनेहरुका लागि भोलिको दिन मिश्र फलदायी रहेको छ।

कन्या 

परिवारमा आनन्द एवम  उत्साहपूर्ण वातावरण रहने छ।  स्वास्थ्य अनुकुल रहेको छ।  अस्वस्थ व्यक्तिको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुदै जानेछ।  व्यापार व्यवसायको क्षेत्रमा अधिक हानि नोक्सानी व्यव्होर्नु पर्ने देखिन्छ।  शुभ समाचार सून्न पाइने छ।

तुला 

लेखन तथा साहित्य क्षेत्रमा मन जानेछ।  बौद्धिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ।  सन्तान सुखको सुभ समाचार सुन्न पाइने छ। प्रिय व्यक्ति संग भेटघाट हुन सक्नेछ।  मानसिक द्विविधा बढ्ने छ।  स्वास्थ्य सामान्य रहने छ।

वृच्क्षिक 

शारीरिक स्वास्थ्यमा खराबी देखिनुका साथै मानसिक रुपमा समेत बेचैनको अनुभूति हुनेछ।  माताको स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ।  परिवारमा अनावश्यक मनमुटावको स्थिति सिर्जना हुन सक्नेछ।  सकेसम्म भोलिको दिन आर्थिक कारोवार नगर्दा नै राम्रो हुनेछ।

धनु

धार्मिक तथा आद्यात्मिक क्षेत्रमा मन जानेछ।  नया कार्यको थालनी गर्नका लागि से अवसर मिल्नेछ।  स्वास्थ्य अनुकुल रहनाले सोचेका हरेक कार्यमा सफलता मिल्नेछ।  भाग्योदय सम्भावना रहेको छ।  व्यापार व्यवसायको क्षेत्रमा लाभ मिल्ने छ।

मकर 

बाणी तथा व्यवहारमा संयमितता अपनाउनु पर्ने छ।  पारिवारिक मनमुटावको सम्भावना रहेको छ सचेत रहनुहोला।  बिद्यार्थी वर्गका लागि पढाई लेखाईको क्षेत्रम खासै प्रगति हुने छैन।  मनमा नकारात्मक विचार आउन नदिनुहोला।  स्वास्थ्य मध्यम खालको रहनेछ।  आँखा सम्बन्धी समस्याको शिकार भइने छ।

कुम्भ

शारीरिक ,मानसिक तथा आर्थिक दृष्टिले भोलिको दिन तपाईको लागि शुभ रहेको छ।  परिवारका साथमा उत्तम भोजनको अवसर मिल्नेछ।  साथीसंगिका साथमा घुम्ने फिर्ने समय रहेको छ।  दाम्पत्यजीवनमा सुमधुरता छाउने छ।  धन प्राप्तिको सम्भावना रहेको छ।

मिन 

परिश्रमि गरे अनुसार पनि कार्यमा सफलता नामिल्ल्नाले केहि मानसिक चिन्ताले सताउन सक्ने छ।  धार्मिक कार्यको पछाडी धन खर्च हुने सम्भावना रहेको छ।  महत्वपुर्ण कार्य गर्नु भन्दा अगाडी सोच विचार गरेर मात्र अघि बढ्नु पर्ने देखिन्छ।  आर्थिक करोवारको लागि समेत समय अनुकुल रहेको छैन।

प्रकाशित : सोमबार, बैशाख १६, २०७६१३:५२

आज बैशाख १७ गते मंगलवार तपाइको दिन कस्तो रहला ? हेर्नुहोस तपाईको राशिफल