काठमाडौँ आउंदै गरेको कन्टेनर दुर्घटना !

सांकेतिक तस्विर

रसुवा- स्याफ्रु मैलुङखण्डको राजमार्गमा गएराति मालवाहक कन्टेनर दुर्घटना भएको छ । जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ईश्वरी भण्डारीका अनुसार केरूङबाट सामान लिइ आएको ना३ख ४८१८ नम्बरको डिब्बा दुर्घटना भएको हो ।

दुर्घटनाको कारण भने खुलेको छैन । स्याफ्रुवेशीबाट पाँच किमी दक्षिण अर्थात् धुञ्चेको पुछार त्रिशूली खोलामा दुर्घटना भएको हो । राजमार्गको बीच भागमा दुर्घटना भएको कन्टेनर सडकको भागबाट हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : सोमबार, बैशाख १६, २०७६१४:०५

करण जोहर प्रोडक्सन हाउसमा आगलागी लाखौंको समान जलेर खरानी